Friday, August 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

नेपाल प्रेस युनियन सुनसरीको वृत्तचित्र सार्वजनिक (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १३, २०७९
in समाचार
0
पत्रकारको दुर्घटना बीमाका लागि एक साताभित्र डकुमेन्ट जुटाउन आह्वान
158
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रेस युनियन सुनसरीले वृत्तचित्र सार्वजनिक गरेको छ । नेपाल प्रेस युनियन सुनसरीको आधिकारिक युट्युब च्यानलमार्फत उक्त वृत्तचित्र सार्वजनिक गरिएको हो ।

प्रेस युनियनको नवौँ महाधिवेशनमा समय अभावका कारण प्रस्तुत गर्न नसकिएपनि आफूहरूले शुक्रबार (आज) युट्युबमार्फत वृत्तचित्र सार्वजनिक गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

‘म अध्यक्ष भएर आएको करीब २८ महिनाको अवधिमा हाम्रो कार्यसमितिले गरेका महत्वपूर्ण कामबारे वृत्तचित्रमार्फत प्रस्तुत गरिएको छ,’ अधिकारीले भने, ‘१५ मिनेटको वृत्तचित्रमा हामीले सञ्चारकर्मीहरूका लागि गरेको महत्वपूर्ण काम प्रस्तुत गरिएको छ ।’

कोरोना महामारीमा सञ्चारकर्मीका लागि गरिएको कोरोना बीमा, मोबाइल डाक्टर सेवा, दुर्घटना बीमा, अक्षयकोष स्थापना तथा जग्गा प्राप्तिसम्मको काम गरेको प्रेस युनियन सुनसरीले दुई दर्जन बढी गरेका कामको वृत्तचित्र बनाइएको हो ।

अधिकारीले नेतृत्व गरेसँगै सुनसरीका सञ्चारकर्मीहरूका लागि सकारात्मक काम भएको प्रशंसा गर्दै युनियन केन्द्रीय कार्यसमितिले नवौँ महाधिवशेनको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उत्कृष्ट शाखाको रूपमा सम्मान समेत गरेको छ ।

वृत्तचित्र निर्माणले आफूहरूले गरेका कामको दस्तावेज बन्ने सुनसरीका अग्रज पत्रकार तथा सुनसरी युनियनका पूर्व अध्यक्ष हर्ष सुब्बाले बताए । ‘सकारात्मक काम गरेपछि यसको दस्तावेज राख्नुपर्छ भन्ने उदाहरणको रूपमा यो भिडियो प्रस्तुत भएको छ ।’ सुब्बाले भने ।

युनियनका नवनिर्वाचित महासचिव दिलीप पौडेलले अहिले सुनसरी युनियनले सृजनात्मक काम गरेको बताए । ‘सुनसरी शाखालाई हेरेर अरु शाखालाई पनि सकारात्मक काम गर्नका लागि उर्जा प्रदान गर्छ ।’ उनले भने ।

वृत्तचित्र अनिता विन्दुको स्वरमा रेकर्ड भएको छ ।

समग्र श्रमजीवी पत्रकारहरूको पक्षमा काम गर्दै आएको युनियनले स्थापनाको ३१ वर्ष पूरा गरिसकेको छ ।

शाखा विस्तारको क्रममा सुनसरी शाखा विं सं. २०५१ सालमा गठन भएको थियो । स्वर्गीय पदमकेशर कार्कीको अध्यक्षतामा गठन भएको यस शाखामा हाल १० औं जिल्ला अध्यक्षको रुपमा २०७७ बैशाख ६ गतेदेखि पवन अधिकारीले नेतृत्व गरिरहेका छन् ।

भिडियो 

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरीपवन अधिकारीवृत्तचित्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो
FEATURE BREAKING

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
0

इटहरी : इटहरीको स्थानीय विषयवस्तु समेटिएको ‘इटहरीको सेरोफेरो’ नामक पुस्तकमा तथ्यहीन, असत्य र भ्रामक सामग्री राखिएको भन्दै पाँच जना स्थानीयले...

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि
समाचार

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

by रासस
साउन २८, २०८३
0

झापा : जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा ५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म ९ जनामा...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३
भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

साउन २८, २०८३
कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी

कोशीमा कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले भने- ‘सहकार्य महत्वपूर्ण रह्यो’

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    636 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    373 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.