इटहरी : इटहरी उपमहानगरपालिका ६ मा रहेको बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई विद्युतीय अटो टेम्पो हस्तान्तरण गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप शुक्रबार (आज) एक कार्यक्रमको आयोजना गरी सोरुमका प्रवन्धक प्रदीप सन्थालीयाले चालकसहित ९ सिट क्षमता भएको एउटा विद्युतीय अटो टेम्पो १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदीप गिरीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै सन्थालीयाले प्रहरी नागरिकको निम्ति अहोरात्र खटिएको हुनाले प्रहरीलाई आवश्यक सहयोग गरेको बताए ।
कार्यक्रममा प्रदेश प्रमुख गिरीले सोरुमका प्रबन्धक सन्थालीयालाई धन्यवाद दिए ।
उनले आत्महत्या रोकथाम तथा न्यूनीकरण अभियानको लागि प्रयोग गरिने साथै प्रहरी गस्ती पेट्रोलिङको लागि पनि परिचालन हुने बताए ।



















Discussion about this post