विराटनगर : नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनील शर्माले थारु समुदायका लागि आफुले सधैँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
नोबेल अस्पतालको प्रायोजनमा सञ्चालित नोबेल मिस्टर एण्ड मिस थारु आइकनको विराटनगरमा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै डा.शर्माले थारु समुदायको संस्कार, संस्कृतिको प्रवद्र्धनका लागि सधै सहयोग गर्ने बताएका हुन् ।
आफू थारु गाउँमै हुर्किएको स्मरण गर्दै डा.शर्माले थारु समुदायको संस्कार, सस्कृतिका बारेमा जानकार रहेको उल्लेख गरे ।
डा.शर्माले हरेक बर्ष मिस्टर एण्ड मिस थारु आइकनलाई नोबेल अस्पतालमार्फत प्रायोजन गर्दै आएका छन् । उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
‘थारु समुदायमा पनि लुकेका प्रतिभा छन्, यस्ता कार्यक्रमले उनीहरुको प्रतिभा उजागर गर्न सहयोग गर्छ,’ शर्माले भने, ‘थारु समुदायलाई सहयोग पुर्याउँनलाई मैले यो कार्यक्रममा सहयोग गर्दै आएको छु, आगामी दिनमा पनि यो सहयोग निरन्तर रहनेछ ।’



















Discussion about this post