Monday, November 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरी क्षेत्र नं. २ (क) मा माओबादीको भाग परेपछि कांग्रेसका वडा सभापतिले दिए बागी उम्मेदवारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०७९
in समाचार
0
सुनसरी क्षेत्र नं. २ (क) मा माओबादीको भाग परेपछि कांग्रेसका वडा सभापतिले दिए बागी उम्मेदवारी
1.3k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसका वडा सभापतिले बागी उम्मेदवारी दिएका छन् ।

इटहरीका १० वटा वडासहित रामधुनीको २ वटा पर्ने कांग्रेस क्षेत्र नं. २ (क) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेस इटहरी २ का सभापति समेत रहेका दीपेन्द्र घिमिरेले बागी उम्मेदवारी दिएका हुन् ।

आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता थियो । घिमिरेले सुनसरी सदरमुकाम इनरुवास्थित निर्वाचन अधिकृतको कार्यालयमा प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।

‘इटहरीमा कांग्रेसको ठूलो संगठन हुँदाहुँदै पनि दुवै क्षेत्रमा माओबादीलाई उम्मेदवार बनाएकाले मैले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हुँ,’ घिमिरेले टाकुरान्यूजसँग भने, ‘हिजोका दिनमा द्वारिकलाल चौधरी इटहरीको मेयर हुँदै गर्दा उनका गतिविधि ठीक नभएकाले हामीले राजीनामा मागेका थियौँ, आज उनैलाई कसरी मत माग्दै हिड्नु ?’

उनले पार्टीको आधिकारिक निर्णय भएपनि विगतका दिनमा विवादास्पद छवि बनाएका द्वारिकलाललाई आफूहरूले मत माग्न नसकिने उनको बुझाई छ । उनले भने, ‘हिजो उनका गतिविधिविरुद्ध कांग्रेसले विरोध गरेको हो, आज तिनै द्वारिकलाल सही छन् भनेर जनता समक्ष कसरी मत माग्ने ?’

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट इटहरी २ मा वडाध्यक्षको दाबी गर्दै आएका घिमिरेलाई पार्टीले टिकट दिएको थिएन । यसपटक भने सुनसरी २ (क) मा गठबन्धन भएपनि कांग्रेसले नै दाबी गर्दै आएको थियो ।

तर, एक साता अगाडि मात्रै एमालेबाट माओबादी केन्द्र प्रवेश गरेका द्वारिकलाल चौधरीलाई निर्वाचनमा अगाडि सारेपछि कांग्रेस असन्तुष्ट छ ।

उता, इटहरीका १० वटा वडा पर्ने सुनसरी क्षेत्र नं. ३ (क) मा पनि गठबन्धनले माओबादी केन्द्रलाई नै टिकट दिएपछि इटहरीका कांग्रेस नेता तथा कार्यकर्ता पार्टी नेतृत्वप्रति रुष्ट छन् ।

स्थानीय निर्वाचनमा इटहरी उपमहानगरपालिकामा कांग्रेसले मेयर जितेको छ । २० वटा वडा रहेको यहाँ वडा सदस्य समेत नजितेको माओबादी केन्द्रलाई दुवै क्षेत्रमा टिकट दिनुले आफूहरू निरुत्साहित भएको कांग्रेसका नेताहरूले बताउँदै आएका छन् ।

यो पनि – इटहरीमा पर्ने प्रदेशसभाको निर्वाचन क्षेत्रमा कांग्रेसले टिकट नपाएपछि असन्तुष्ट

Tags: टाकुरा विशेषदीपेन्द्र घिमिरेनिर्वाचनबागी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ
FEATURE BREAKING

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०८३
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नस्थित घाटमा रहेको छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको...

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ
भिजिट नेपाल

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

by रासस
कार्तिक ३०, २०८३
0

भोजपुर : पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस...

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

कार्तिक २९, २०८३
मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३
तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

कार्तिक २९, २०८३
सुनसरीका एकसहित दुईजना फरार प्रतिवादी पक्राउ

कोशीमा २७ जना फरार प्रतिवादी पक्राउ

कार्तिक २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

कार्तिक ३०, २०८३
प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

कार्तिक ३०, २०८३
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

कार्तिक २९, २०८३
मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1089 shares
    Share 436 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    516 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    385 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.