Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा अपहरणपछि हत्या गर्ने तीनजना प्रहरीद्धारा सार्वजनिक, फिरौती रकम नदिँदा इँटाले मुखमा हानेर हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०७९
in समाचार
0
विराटनगरमा अपहरणपछि हत्या गर्ने तीनजना प्रहरीद्धारा सार्वजनिक, फिरौती रकम नदिँदा इँटाले मुखमा हानेर हत्या

पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी । तस्वीर : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर ।

193
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विराटनगरमा अपहरणपछि हत्या गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सिरहाको गोलबजार ३ का १७ वर्षीय अंशु सदाको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार पक्राउ पर्नेमा कमला नगरपालिका ६ धनुषाका १८ वर्षीय राकेश ठाकुर, सोही स्थानका १८ वर्षीय विशु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका ५ मोरङका २६ वर्षीय मनोज कार्की रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट उनीहरूलाई पक्राउ गरेको हो ।

चारदिनअघि सदालाई अपहरण गरी अपहरणकारीले एक लाख रुपैयाँ फिरौती मागेका थिए । फिरौती नदिँदा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी राईले बताए ।

सदाको इँटाले मुखमा हानेर २७ गते साँझको समयमा कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङ भित्र हालेर भाग्ने कोसिसमा रहेका तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नं. १ मा मृतक अवस्थामा सदाको शव फेला पारेको थियो ।

एसपी राईका अनुसार सदाको परिवारले अपहरण भएकोे तीन दिनपछि बिहीबार इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका थिए ।

प्रहरीमा उजुरी गरेपछि अंशुको परिवारले फिरौती मागेको मध्येबाट तत्कालका लागि भन्दै १० हजार रुपैयाँ मनोज कार्कीको माछापुच्छ्रे बैंकको खातामा हालिदिएका थिए । उनीहरू अप्सरा गेष्ट हाउसमा भने असोज २६ गते आएको र एक साता बस्ने भन्दै कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको राईले बताए ।

शुक्रबार बिहान कोठा सफा गर्न जाँदा होटलका कर्मचारीलाई भित्र समेत पस्न नदिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि_विराटनगर : एक लाख फिरौती माग्दा नदिएपछि अपहरण गरिएका किशोरको हत्या

Tags: #विराटनगर#हत्याअपराधअपहरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.