Thursday, July 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा अपहरणपछि हत्या गर्ने तीनजना प्रहरीद्धारा सार्वजनिक, फिरौती रकम नदिँदा इँटाले मुखमा हानेर हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०७९
in समाचार
0
विराटनगरमा अपहरणपछि हत्या गर्ने तीनजना प्रहरीद्धारा सार्वजनिक, फिरौती रकम नदिँदा इँटाले मुखमा हानेर हत्या

पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी । तस्वीर : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर ।

192
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विराटनगरमा अपहरणपछि हत्या गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सिरहाको गोलबजार ३ का १७ वर्षीय अंशु सदाको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार पक्राउ पर्नेमा कमला नगरपालिका ६ धनुषाका १८ वर्षीय राकेश ठाकुर, सोही स्थानका १८ वर्षीय विशु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका ५ मोरङका २६ वर्षीय मनोज कार्की रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट उनीहरूलाई पक्राउ गरेको हो ।

चारदिनअघि सदालाई अपहरण गरी अपहरणकारीले एक लाख रुपैयाँ फिरौती मागेका थिए । फिरौती नदिँदा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी राईले बताए ।

सदाको इँटाले मुखमा हानेर २७ गते साँझको समयमा कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङ भित्र हालेर भाग्ने कोसिसमा रहेका तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नं. १ मा मृतक अवस्थामा सदाको शव फेला पारेको थियो ।

एसपी राईका अनुसार सदाको परिवारले अपहरण भएकोे तीन दिनपछि बिहीबार इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका थिए ।

प्रहरीमा उजुरी गरेपछि अंशुको परिवारले फिरौती मागेको मध्येबाट तत्कालका लागि भन्दै १० हजार रुपैयाँ मनोज कार्कीको माछापुच्छ्रे बैंकको खातामा हालिदिएका थिए । उनीहरू अप्सरा गेष्ट हाउसमा भने असोज २६ गते आएको र एक साता बस्ने भन्दै कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको राईले बताए ।

शुक्रबार बिहान कोठा सफा गर्न जाँदा होटलका कर्मचारीलाई भित्र समेत पस्न नदिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि_विराटनगर : एक लाख फिरौती माग्दा नदिएपछि अपहरण गरिएका किशोरको हत्या

Tags: #विराटनगर#हत्याअपराधअपहरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विविध

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

by रासस
असार ३१, २०८३
0

सुनसरी : कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी साउन २ गते यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ आयोजना हुने भएको...

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा
FEATURE BREAKING

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३१, २०८३
0

इटहरी : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट...

फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३
वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

असार ३१, २०८३
खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

असार ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

असार ३१, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

असार ३१, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.