विराटनगर : विराटनगरमा अपहरण गरेको तिनदिनपछि १८ वर्षीय किशोरको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाका अनुसार विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नं. १ मा एक किशोरको हत्या भएको हो ।
हत्या हुनेमा सिरहा गोलबजार घर भएका १८ वर्षीय अंशु सदा रहेको प्रहरीले जनाएको छ ।
अपहरणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एक लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी कोइरालाले बताए ।
सदाको इँटाले मुखमा हानेर २७ गते साँझको समयमा कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङ भित्र हालेर भाग्ने कोसिसमा रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आशंकामा धनुषाका विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post