विराटनगर : भारतबाट कपडा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपडा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका १६ स्थित उखुबारीबाट शनिबार (आज) बिहान प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
भारतको जोगवनीबाट ल्याइएको चार लाख ५२ हजार पाँच सय मूल्य बराबरको कपडासहित विराटनगर १६ का २२ वर्षीय दिनेश ऋषिदेव र ३५ वर्षीय खेदन यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले भन्सार छलीको कपडासहित ऋषिदेव र यादवलाई बिहान साढे ४ बजेतिर पक्राउ गरेको हो ।
बोरामा प्याक गरेर ल्याइएको कपडा पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाको साथबाट १ सय १० पिस कुर्तासलवार, ५० पिस साडी, २ सय ५ पिस टप्स र २० पिस तन्ना बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post