इटहरी : इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रेस संयोजकमा इटहरी १९ तरहराका धनबहादुर पुरी नियुक्त भएका छन् ।
असोज ३१ गतेदेखि लागू हुनेगरी प्रेस संयोजकमा पुरीलाई नगर प्रमुख पौडेलले नियुक्त गरेका हुन् ।
नेपाल प्रेस युनियन सुनसरीका निवर्तमान अध्यक्ष तथा वर्तमान प्रदेश सचिव समेत रहेका पुरी डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
पुरीलाई प्रेस संयोजक नियुक्त गरिएपछि उनले नगर क्षेत्रमा रहेका पत्रकारितासँग सम्बन्धित संघसंस्थाहरूलाई समेटेर प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्ने बताएका छन् ।












Discussion about this post