इटहरी : नेपाल आयल निगमले तिहार तथा छठ विदामा आफ्ना माताहतमा रहेका १३ वटा डिपोहरू खुला राख्ने भएको छ ।
शुक्रबार एक सूचना जारी गर्दै निगमले तिहारको बिदामा देशभर रहेका विभिन्न डिपोहरू खुला राख्ने जानकारी दिएको हो ।
बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा अन्य निजी डिपोहरूलाई पनि खुला राख्न निर्देशन दिइएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जनाकारी दिए ।
प्रदेश १ को विराटनगर र मधेश प्रदेशको अमलेखगंजमा कात्तिक ७, ८ र ११ गते डिपो खुला हुने निगमले जनाएको छ । यसैगरी वाग्मतीको थानकोट र गण्डकीको पोखरामा कात्तिक ८, ९ र १२ गते खुला हुनेछन् ।
लुम्बिनीको भैरहवा र कर्णाली प्रदेशको सुर्खेतका डिपोहरू कात्तिक ७, ८ र ११ गते खुला हुने छन् ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा तथा शाखा कार्यालय चारआलीमा रकेको डिपो कात्तिक ७ र ११ गते बिदाको दिनमा खुला हुनेछन् ।
यसैगरी नेपालगञ्ज र धनुषा ११ गते, वीरगञ्ज ७ र १३ गते र दाङको इन्धन डिपो कात्तिक ८ र १२ गते खुला रहेने छ । त्यस्तैगरी शाखा कार्यालय दिपायलको डिपो भने कात्तिक ७, ११, १२ र १३ गतेसम्म खुला रहनेछ ।














Discussion about this post