Monday, June 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
in FEATURE BREAKING, समाचार
0
खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

सांकेतिक तस्बिर । फाइल तस्बिर ।

78
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना र कानुनी अनियमितताको अनुसन्धान सुरु भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडकखण्डको निर्माण कार्य प्रभावित भएको छ।

जिल्ला अनुगमन समितिको छापापछि उद्योगका कागजात जफत गरिएका छन् भने आन्तरिक राजस्व कार्यालय विराटनगर र दमकले कारोबार, भ्याट विवरण तथा राजस्व चुहावटबारे अनुसन्धान अघि बढाएका छन्।

अनुसन्धानकै क्रममा उद्योगहरू बन्द हुँदा सडक निर्माणका लागि आवश्यक गिट्टी र अस्फाल्ट उत्पादन रोकिएको छ।

लेटाङ र मिक्लाजुङका चार उद्योग तथा बेलबारीको एक उद्योगमाथि दर्ता, नवीकरण, वातावरणीय स्वीकृति र करसम्बन्धी अनियमितताको आरोप लागेको छ।

प्रशासनका अनुसार लेटाङमा रहेको ओम श्री क्रसर उद्योग एण्ड सप्लायर्स, माँ भगवती स्टोन मिल्स, बेलबारीको कान्तिपुर वासिङ उद्योग, बेलबारी र मिक्लाजुङमा रहेको देवीथान कङ्क्रिट उद्योगसँगै श्री सिआरएफजी–टुन्डी जेभीले आयोजनाबाहिर सामग्री बिक्री गरेको आशङ्कामा अनुसन्धान भइरहेको छ ।

केही उद्योग दर्ताबिनै सञ्चालन भएको, केहीले अनुमतिभन्दा फरक प्रकृतिको काम गरेको तथा एउटा उद्योग कम्पनी रजिस्ट्रार कार्यालयमै दर्ता नभएको पाइएको छ।

क्रसर बन्द भएपछि एसियाली विकास बैंकको सहयोगमा निर्माणाधीन ९५.७६ किलोमिटर सडक आयोजनाको प्रगति प्रत्यक्ष प्रभावित भएको छ। आयोजनाअन्तर्गत करिब २५ किलोमिटर सडक कालोपत्रेका लागि तयारी अवस्थामा रहे पनि निर्माण सामग्री अभावले काम रोकिएको छ।

निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका अनुसार ३० करोड रुपैयाँ बराबरको बिटुमिन मौज्दात हुँदाहुँदै गिट्टी नपाउँदा दैनिक ८ सय घनमिटर अस्फाल्ट उत्पादन रोकिएको छ। यसले दैनिक पाँच सय मिटर सडक कालोपत्रे गर्ने लक्ष्यसमेत प्रभावित बनेको छ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कानुनी प्रक्रिया पूरा नगरेका उद्योगलाई सञ्चालन अनुमति नदिने स्पष्ट पारेका छन्।

उता निर्माण व्यवसायीहरूले भने राष्ट्रिय गौरवको आयोजनालाई जोगाउन वैकल्पिक व्यवस्था खोज्न सरकारसँग माग गरेका छन्।

Tags: #मोरङक्रसर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद
समाचार

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनाग्रस्त भारतीय नम्बरको स्कारपियोबाट एक सय चार किलोभन्दा बढी गाँजा...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले सरकारी कार्यालयमा लागू गरिएको आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने जनाएको छ। सेवा प्रवाहको प्रभावकारिता र...

अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३
झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

असार १, २०८३
मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

असार १, २०८३
कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

असार १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३
सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

असार १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन