खोटाङ : खोटाङमा आफ्नै काकाको हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
५९ वर्षीय मानबहादुर राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा शनिबार प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३, हाबुभञ्ज्याङ बस्ने ४२ वर्षीय पत्थरमान राईलाई पक्राउ गरेको हो ।
घरायसी विवादका क्रममा मादकपदार्थ सेवन गरेका पत्थरमानले खुकुरी प्रहार गर्दा मानबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post