इटहरी : नेपाल आयल निगमले नाफा १८ करोड भएपनि इन्धनको उपभोक्ता मूल्य नघट्ने जनाएको छ ।
बिहीबार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले १५ दिनमा १८ करोड रुपैयाँ नाफा रहेपनि ऋणका कारण उपभोक्ता मूल्य नघट्ने बताएको हो ।
‘१ अक्टोबरमा प्राप्त नयाँ मूल्यअनुसार निगमलाई १८ करोड रुपैयाँ नाफा हुने देखिन्छ,’ निगमले विज्ञप्तिमा भनेको छ, ‘तर भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने बक्यौता र सरकारी ऋणका कारण तत्काल उपभोक्ता मूल्य घटाउन नसक्ने बाध्यत्मक अवस्थामा निगम पुगेको छ ।’
सरकार र भारतीय आयल निगमलाई तिर्नुपर्ने ऋण २९ अर्ब १३ करोड रुपैयाँ रहेको भन्दै निगमले तत्काल मूल्य घटाएर समायोजन गर्न सक्ने अवस्था नरहेको दाबी गरेको हो ।














Discussion about this post