इटहरी : प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) र नेपाली कांग्रेसले चार लाख बढी मत ल्याएको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्यांकअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३० मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले चार लाख १६ हजार एकसय ८४ मत ल्याएको छ ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ३४ हजार सातसय ४७ मतसहित तेस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र) ले एक लाख ९२ हजार सातसय ४२ मत ल्याएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २३ हजार नौ सय ९, जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय १०, मत पाएका छन् ।
नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ५७, जनमत पार्टीले २८ हजार तीन सय ४४, नेकपा (एकीकृत समाजवादी) ले २८ हजार तीन सय ७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार छ सय १६ मत ल्याएको छ ।
निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्नेछ ।














Discussion about this post