खोटाङ : खोटाङमा एमालेका विशाल भट्टराईलाई पराजित गर्दै माओबादीका रामकुमार राई निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट उठेका राईले एमालेका विशाल भट्टराईलाई दुई हजार ६६९ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ भत पाएका छन् ।
निर्वाचन परिणामअनुसार जसपाका कृष्णकुमार राईले एक हजार ९१४, राप्रपाका सर्जु श्रेष्ठले एक हजार ७१६ मत पाएका छन् ।
हाल निर्वाचित भएका रामकुमार प्रदेश १ का खानेपानी सिचाईँ तथा उर्जामन्त्री थिए । ०७४ मा एमालेका भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।














Discussion about this post