इटहरी : प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना जारी छ ।
प्रत्यक्षतर्फ १६५ मध्ये १५६ क्षेत्रको अन्तिम परिणाम आउँदा नेपाली कांग्रेसले अग्रता बनाएको छ।
यता प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २३ लाख मत नाघेको छ ।
निर्वाचन आयोगका अनुसार आज (आइतबार) बिहान ९ बजेको तथ्यांक अनुसार एमालेले २३ लाख ८९६ मत प्राप्त गरेको छ। कांग्रेसले २२ लाख १ हजार ७९४ मत पाएर दोस्रो स्थानमा छ ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र) ले ९ लाख ६५ हजार ३४५ मत प्राप्त गरेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७ सय ६० मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार २९७, जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७, नेकपा (एकीकृत समाजवादी) ले २ लाख २० हजार ५२८ मत प्राप्त गरेको छ।














Discussion about this post