धरान : सुनसरी १ (ख) मा पनि नेकपा एमालेका विजयकुमार राई निर्वाचित भएका छन् ।
राईले राप्रपाका उम्मेदवार अनिष ढकाललाई ४ हजार ९८२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचित राईले १२ हजार ४६४ मत प्राप्त गर्दा ढकालले ७ हजार ४८२ मत पाए । यस्तै, गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका रेवतीरमण राईले ४ हजार ९८८ मत पाए भने स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले ६ हजार ८३८ मत पाए ।














Discussion about this post