इटहरी : नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार चलाउनुपर्ने बताएका छन् ।
बिहीबार (आज) .विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले कांग्रेस र एमाले मिलेर सरकार चलाएमा राजनीतिक स्थिरता हुने बताएका हुन् ।
उनले भने, ‘एमाले र कांग्रेस मिलेर सरकार चलाएमा मुलुकले स्थिरता पाउँछ, तर दुई गठबन्धन छ । यो सम्भव होला न होला, म यसका लागि पहल गर्छु ।’
उनले पाँचदलीय सरकारको गठबन्धनलाई पनि चुनावमा हम्मेहम्मे भएको बताए ।
उनले भने, ‘लामो समय लडेर हामीले व्यवस्था फेर्यौँ । राजनीतिक लडाइँ लडिरहँदा पनि हाम्रो देशमा राजनीति स्थिरता नहुने हो कि भन्ने डर छ । हामीले ल्याएको संविधान रक्षा गरेमा मात्र राजनीतिक स्थिरता हुन्छ र देशले फट्को मार्न सक्छ ।’



















Discussion about this post