विराटनगर : विराटनगरस्थित एस्पायर कलेजले विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ ।
कलेजले एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरण दिएको हो । कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरेका थिए ।
काठमाण्डौँ विश्व विद्यालय र विराटनगरस्थित एस्पायर कलेजबीच सम्झौतापछि बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमहरू संचालनमा रहेको छ ।
बीपिएचमा भर्ना भएका २३ र बी टिएच बिएड आइटीमा भर्ना भएका ३० जना विद्यार्थीहरू अभिमुखिकरण कार्यक्रममा सहभागि रहेको कलेजका अध्यक्ष विकास अधिकारीले जानकारी दिए ।
बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमहरू असोज अन्तिम साताबाट सुरू भएको हो ।
एस्पायर कलेजले संचालन गरेको कार्यक्रमहरु अध्ययनसँगसंगै इन्टरससिप पनि हुने भएको छ । प्रयोगात्मक र अध्ययन संगसंगै आयआजर्न पनि गर्न सकिने शिक्षा प्रदान गरिने कलेजले जनाएको छ ।
काठमाण्डौँ विश्वविद्यालयको विस्तारीत कार्यक्रमका रुपमा एस्पाएर कलेजले स्नातक कार्यक्रम भएकाले यस कार्यक्रममा जुन सुकै विषयमा प्लस टु उतिर्ण गरेका विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।
गुणस्तरीय शिक्षामा सधै कट्टीवद्घ रहेको काठमाण्डौँ विश्वविद्यालयले विस्तारीत शैक्षिक कार्यक्रम प्रदेश १ मा पहिलो पटक एस्पाएर कलेजबाट सुरू भएको हो ।
राष्ट्रलाई र अन्र्तराष्ट्रिय बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाण्डौ विश्वविद्यालयले विस्तारित कार्यक्रम विराटनगरमा लिएर आएको हो ।
अभिमुखीकरण कार्यक्रममा काठमाण्डौं विश्वविद्यालयका बिपिएच कार्यक्रमको कोडिनेटर आशा थापा मगर र बिनोद प्रसाद पन्तले सहजीकरण गरेका थिए ।
त्यस्तै, काठमाडौँ विश्वविद्यालयको सम्पर्क कार्यालयसमेत एस्पायर कलेजमा स्थापना गरिएको छ ।
सम्पर्क कार्यालयको उद्घाटन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. अच्युत वाग्लेले गरेका थिए । कार्यक्रममा बोल्दै रजिस्ट्रार वाग्लेले काठमाडौँ विश्वविद्यालयको अभिन्न अङ्ग एस्पायर कलेज भएकाले गुणस्तरसँग कुनै सम्झौता नहुने बताए ।













Discussion about this post