मोरङ : एक नम्बर प्रदेश प्रहरी कार्यालय आ आइ टी समुहको प्रहरी टोलीले लागूऔषध गाँजा मुद्धाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उप महानगरतपालिका १३ का ३४ वर्षीय गुमान राई रहेका छन् ।
लागूऔषध गाँजा मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८–११–२३ गतेको सजाय निर्धारण फैसला आदेशले ९ महिना ४ दिन कैद र ५ हजार ५ सय रुपैयाँ जरिवान बेरुजु रहि फरार रहेका राईलाई गाउँघरमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरीको टोलीले पक्राउ गरी सुनसरी जिल्ला अदालतमा दाखिला गरी कैद भुक्तानको लागि झुम्का कारगार पठाईएको प्रहरीले जनाएको छ ।














Discussion about this post