सोलुखुम्बु : सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका ५ का २८ वर्षीय साङ्गे शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोलुदूधकुण्ड नगरपालिका ७ गार्माकी ६ वर्षीया बालिकालाई करणी गरेको अरोपमा शेर्पालाई शुक्रबार पक्राउ गरिएको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए ।
बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।














Discussion about this post