Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तरहराको शान्ति जनकल्याण सहकारीको निर्वाचन शनिबार, १२ पदका लागि ३९ जनाको उम्मेदवारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २२, २०७९
in समाचार
0
तरहराको शान्ति जनकल्याण सहकारीको निर्वाचन शनिबार, १२ पदका लागि ३९ जनाको उम्मेदवारी

तस्वीरमा सहकारी भवन ।

149
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा रहेको शान्ति जनकल्याण बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको निर्वाचन शनिबार हुँदैछ ।

प्रमुख निर्वाचन अधिकृत द्रोर्ण न्यौपानेका अनुसार तरहराको कृषि फारम प्राङ्गणमा हुन लागेको निर्वाचनका लागि अध्यक्ष पदमा चारजनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष पदका लागि चन्द्रकुमार गिरी, बीरबहादुर लिम्बू, बसन्त श्रेष्ठ र मेघराज पराजुलीले उम्मेदवारी दिएका छन् ।

गिरी तरहरा जेसीजका पूर्व अध्यक्ष तथा रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाका पूर्व अध्यक्ष हुन् ।

यस्तै, लिम्बू तालतलैया विकास तथा संरक्षण समितिका पूर्व अध्यक्ष हुन् । श्रेष्ठ तरहरामा रहेका विभिन्न संघसंस्थामा नेतृत्व गरेका छन् भने पराजुली यसअघि सहकारीकै पदाधिकारी थिए ।

यस्तै, उपाध्यक्षमा तीनजना उम्मेदवारको रूपमा छन् । एक पदका लागि कृष्णप्रसाद भट्टराई, चिन्तामणी सापकोटा र टंक पौडेलले उम्मेदवारी दिएका छन् ।

भट्टराई तरहरा जेसीजका पूर्व अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीका उपमन्त्री भइसकेका छन् । सापकोटा नेपाली कांग्रेस सुनसरी २ (क) का सचिव हुन् भने पौडेल शिक्षासेवी हुन् ।

यस्तै, लेखा समिति संयोजकमा कृष्णप्रसाद घिमिरे र लेखा समिति सदस्यमा सनत कोइराला निर्विरोध निर्वाचित भएका छन् । लेखा समिति महिला सदस्यमा भने एकजनाका लागि तीनजनाको उम्मेदवारी परेको छ ।

यस्तै, खुल्ला सदस्य ६ पदका लागि २३ जनाले उम्मेदवारी दिएका छन् । सञ्चालक समितिमा तीनजना महिलाका लागि ६ जनाले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।

‘जम्मा १४ पदमध्ये लेखा समिति संयोजक र एक सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ,’ न्यौपानेले भने, ‘अरु १२ पदका लागि ३९ जनाबीच प्रतिष्पर्धा हुँदैछ ।’

उनका अनुसार कूल १ हजार ८४९ जना मतदाता छन् । शनिबार बिहान ११ः३० बजेबाट निर्वाचन सुरु हुने न्यौपानेले बताए ।

Tags: #तरहरा#सहकारीनिर्वाचनशान्ति जनकल्याण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार
समाचार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ४५ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । दुहबी नगरपालिका–११ नहरचोकस्थित...

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व
विविध

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

by रासस
भदौ १७, २०८३
0

भोजपुर : जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु नौ करोड बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन...

मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३
कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३
टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

भदौ १६, २०८३
कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३
भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भदौ १७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३
कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.