धरान : धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप अन्तर्गत बुधबार भएका खेलहरूमा विजयी हँुदै धरानको ५ नं. वडा र १४ नं. वडा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा धरानको ३ नं. वडालाई ३–१ गोल अन्तरले पराजित गर्दै ५ नं. वडा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
५ नं. वडाका लागि तिलविक्रम लावतीले २ गोल र आङछोहाङ लिम्बूले १ गोल गरे । ३ नं. वडाको लागि पारस राईले १ गोल गरे ।
खेलको म्यान अफ द म्याच ५ नं. वडाका तिलविक्रम लावती घोषित भए । उनलाई नगद एक हजार पाँच सय र ट्रफी पुरस्कार प्रदान गरियो ।
आजै भएको दोस्रो खेलमा धरानको ६ नं. वडालाई २–१ गोल अन्तरले पराजित गर्दै १४ नं. वडा क्वाटरफाइनलमा प्रवेश गरेको छ । १४ नं. वडाका लागि साजन राई र सौगात गुरुङले गोल गरेका थिए भने ६ नं. वडाबाट नितेश परियारले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच १४ नं. वडाका विपेन श्रेष्ठ घोषित भए । उनलाई नगद एक हजार पाँच सय र ट्रफी पुरस्कार प्रदान गरियो ।
पुष ३० गतेदेखि सुरु भएको गोधुली कप माघ १४ गतेसम्म धरान रंगशालामा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार पाउनेछन् ।














Discussion about this post