Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जीवित शिशुलाई मृत घोषित गर्ने कोसी अस्पतालका चिकित्सक निर्दोष

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १४, २०७९
in समाचार
0
जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काममा रोक, छानविन समिति गठन
118
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरस्थित कोसी अस्पतालका चिकित्सकले जीवित शिशुलाई मृत घोषणा गरेको भन्दै तीनजनामाथि काममा रोक लगाइएको थियो ।

गत ५ माघमा घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्दै शिशुको उपचार संलग्न स्वास्थ्यकर्मीहरूलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै सात दिनका लागि काम गर्न रोक लगाइएको थियो । छानविन समितिले प्रतिवेदन बुझाउँदै उनीहरू निर्दोष रहेको उल्लेख छ ।

बालरोग विशेषज्ञ डा. प्रवीणकुमार झाको संयोजकत्वमा गठित बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र रामप्रसाद नेपाल सदस्य रहेको समितिले अस्पताल प्रशासनलाई प्रतिवेदन बुझाएको हो ।

समितिले बुझाएको छानबिन प्रतिवेदनमा शिशुको उपचारमा संलग्न कोसी अस्पतालका स्वास्थ्यकर्मीहरू निर्दाेष रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि कोसीको आकस्मिक कक्षमा भर्ना गरिएकी शिशुको स्वास्थ्य अवस्था पहिलेदेखि नै नाजुक रहेको थियो । अस्पताल ल्याउँदा शिशुको शरीर चिसो भइसकेको थियो । भर्ना गर्दा पल्स अक्सिमिटरमा अक्सिजनको लेभलसमेत रेकर्ड भएको थिएन । त्यसैका आधारमा स्वास्थ्यकर्मीहरूले ‘बच्चा त छैन जस्तो छ’ मात्र भनेका थिए । भन्न नपाउँदै अभिभावकले हतारहतार शिशुलाई अस्पतालबाट निकालेर लगेका हुन् । त्यसपछि बच्चाको थप उपचार सुरु गर्नै सकिएन ।’

चिकित्सकले आफ्नो कुरा राख्न नपाउँदै अभिभावकले हतारहतार बच्चा झिकेर लगेको देखिएको छानबिन समितिका संयोजक अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीणकुमार झाले बताए ।

विराटनगर १० मा रहेको माइती घरबाट उमादेवी मुखियाले छोरीलाई एम्बुलेन्समा राखेर कोसी ल्याएकी थिइन् । कोसी अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरेको केही समय पछि डा. आकाश यादवसहितका चिकित्सकले मृत घोषित गरेर गम्भीर लापरबाही गरेको पीडित पक्षको दाबी थियो ।

मोरङको जहदा गाउँपालिकाको वडा नम्बर ३ घर भएपनि उनी बच्चा जन्मिएपछि माइतीघर विराटनगर आएकी थिइन् । अस्पतालले मृत घोषित गरेपछि दाहसंस्कारका लागि घर लगेपनि शिशुले श्वास फेरिन् । यसअघि श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पत्तिले कोसी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका थिए ।

प्राप्त जानकारी अनुसार गोल्डेन भर्ना गर्दा शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मृगौलाले काम नगरेको तथा इन्फेक्सन लगायतका समस्याहरू देखिएको थियो । शिशुको माघ १० गते गोल्डेनमा उपचारको क्रममा मृत्यु भएको छ ।

Tags: #विराटनगरकोसीकोसी अस्पतालछानबिननिर्दोष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    487 shares
    Share 195 Tweet 122
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.