Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जीवित शिशुलाई मृत घोषित गर्ने कोसी अस्पतालका चिकित्सक निर्दोष

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १४, २०७९
in समाचार
0
जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काममा रोक, छानविन समिति गठन
118
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरस्थित कोसी अस्पतालका चिकित्सकले जीवित शिशुलाई मृत घोषणा गरेको भन्दै तीनजनामाथि काममा रोक लगाइएको थियो ।

गत ५ माघमा घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्दै शिशुको उपचार संलग्न स्वास्थ्यकर्मीहरूलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै सात दिनका लागि काम गर्न रोक लगाइएको थियो । छानविन समितिले प्रतिवेदन बुझाउँदै उनीहरू निर्दोष रहेको उल्लेख छ ।

बालरोग विशेषज्ञ डा. प्रवीणकुमार झाको संयोजकत्वमा गठित बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र रामप्रसाद नेपाल सदस्य रहेको समितिले अस्पताल प्रशासनलाई प्रतिवेदन बुझाएको हो ।

समितिले बुझाएको छानबिन प्रतिवेदनमा शिशुको उपचारमा संलग्न कोसी अस्पतालका स्वास्थ्यकर्मीहरू निर्दाेष रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि कोसीको आकस्मिक कक्षमा भर्ना गरिएकी शिशुको स्वास्थ्य अवस्था पहिलेदेखि नै नाजुक रहेको थियो । अस्पताल ल्याउँदा शिशुको शरीर चिसो भइसकेको थियो । भर्ना गर्दा पल्स अक्सिमिटरमा अक्सिजनको लेभलसमेत रेकर्ड भएको थिएन । त्यसैका आधारमा स्वास्थ्यकर्मीहरूले ‘बच्चा त छैन जस्तो छ’ मात्र भनेका थिए । भन्न नपाउँदै अभिभावकले हतारहतार शिशुलाई अस्पतालबाट निकालेर लगेका हुन् । त्यसपछि बच्चाको थप उपचार सुरु गर्नै सकिएन ।’

चिकित्सकले आफ्नो कुरा राख्न नपाउँदै अभिभावकले हतारहतार बच्चा झिकेर लगेको देखिएको छानबिन समितिका संयोजक अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीणकुमार झाले बताए ।

विराटनगर १० मा रहेको माइती घरबाट उमादेवी मुखियाले छोरीलाई एम्बुलेन्समा राखेर कोसी ल्याएकी थिइन् । कोसी अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरेको केही समय पछि डा. आकाश यादवसहितका चिकित्सकले मृत घोषित गरेर गम्भीर लापरबाही गरेको पीडित पक्षको दाबी थियो ।

मोरङको जहदा गाउँपालिकाको वडा नम्बर ३ घर भएपनि उनी बच्चा जन्मिएपछि माइतीघर विराटनगर आएकी थिइन् । अस्पतालले मृत घोषित गरेपछि दाहसंस्कारका लागि घर लगेपनि शिशुले श्वास फेरिन् । यसअघि श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पत्तिले कोसी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका थिए ।

प्राप्त जानकारी अनुसार गोल्डेन भर्ना गर्दा शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मृगौलाले काम नगरेको तथा इन्फेक्सन लगायतका समस्याहरू देखिएको थियो । शिशुको माघ १० गते गोल्डेनमा उपचारको क्रममा मृत्यु भएको छ ।

Tags: #विराटनगरकोसीकोसी अस्पतालछानबिननिर्दोष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.