झापा : झापामा आफ्नै श्रीमतीको हत्या गरी माटोमा गाडेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
शनिबार साँझ अर्जुनधारा ८ मा ४५ वर्षीया कल्पना पोखरेल बस्नेतको शव गाडेको अवस्थामा प्रहरीले खनेर निकालेको हो ।
श्रीमान ३३ वर्षीय मनोज बस्नेतले हत्या गरेर कल्पनाको शव घरदेखि दुई सय मिटर उत्तरतर्फ खुला चौरमा खाडल खनेर गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान अनुसार बस्नेतले गत बुधबार राति साढे १० बजेतिर श्रीमतीको हत्या गरेर शव चौरमा खाडल खनेर गाडेका थिए ।
हत्या गरी खाडल खनेर चौरमा गाडेपछि बस्नेतले श्रीमती हराएको हल्ला फैलाएको खुलेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post