Tuesday, April 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

अझसम्म अपूर्ण छन् समस्त निर्माण (कविता)

सूर्यस्नात त्रिपाठी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २८, २०७९
in कला साहित्य
0
अझसम्म अपूर्ण छन् समस्त निर्माण (कविता)

तस्वीर : दिनेश पौडेल ।

165
SHARES
Share on FacebookShare on Twitter

अहिले म निःशब्द छु

जो पनि निःशब्द छ यहाँ ।

 

शब्दहरूको ज्योति निष्प्रभ भइसकेको छ

पन्छी अब गीत गाउँदैनन्,

अथाह अन्धकारमा हराइसकेको छ तिनको गुन्जन … ।

तीखा चट्टानहरूमा खसेर टुटिसकेका छन्

झरनाहरूका करङका हड्डी,

आस्थाका फूल ओइलाएका छन् फाँट–मैदानहरूमा

मदनमोहनलाई पिङमा एक्लै छाडेर,

भक्तहरू फर्किसकेका छन् मधुशालामा

र झुटका धागाले बनेका थिए जुन मुखुन्डा

ती अब सबका सब झरिसकेका छन् ।

बारका यतापट्टि

अब खालि

यताउताछरिएका पदचिह्न छन् ।

अनि रगतका सुकेका धब्बा…

अनि ताता आँसु ।

भोक र भयले बनेका पुतलाहरू

अनि अनन्तसम्म व्याप्त एक सन्नाटा ।

मैनको एक पुतला पग्लिइरहेको छ यतिखेर

आफ्नै तातो आहतले ।

गर्भगृहमा अरू कोही छैन ऊबाहेक,

केही छैन यता पनि,

सायद

कहिल्यै केही छँदै थिएन ….।

सायद

यहीँबाट फर्कनु छ मलाई,

तिमीलाई,

हामी सबैलाई….

सायद यहीँबाट

हाम्रो वनवास सुरु हुन्छ ।

यसअघि पनि

केही मानिस यहाँबाट फर्किसकेका छन् ।

यसै विरामचिह्नलाई अन्तिम सम्झेर,

यहीँ छाडे उनीहरूले

शिशुको रुवाइजस्तो निर्मल स्वर निकाल्ने एक बाँसुरी,

रगतले भिजेका केही हतियार,

केही हड्डीहरू जुनबाट नयाँ वज्र बन्नु थियो,

अनि केही शब्द,

जसबाट

नियति लेखिनुथियो हाम्रो ।

हेर, यहीँ छाडेर गएका छन् तिनले,

अनेक “आरम्भ”…..

अनि यहीँ,

अनन्तकालदेखि गुन्जिइरहेको छ

कसैको छिनोको आवाज ।

बन्द एक कोठामा,

कोही केही खोजिरहेको छ

सयौँ वर्षदेखि,

सारा निर्माण

अझसम्म अपूर्ण छन् ।

कसैको छिनो

रोकिएको छैन ।

समय कोल्टे फेर्न सक्छ जहिले पनि,

तयार रहनू ।

०००

(आसूर्यस्नात त्रिपाठी (जन्म १९९१)  ओडिया भाषाका चर्चित युवा कवि हुन् । कविता–कृति “ए सम्पर्क एमिति” का लागि २०१७ मा साहित्य अकादमी युवा पुरस्कार जित्न सफल यिनी ओडिया, हिन्दी र अङ्ग्रेजीमा लेख्ने गर्छन् ।

पेसाले एक इन्जिनियर सूर्यस्नात त्रिपाठी कवि, कथाकार र नाटककार हुन् । ओडिया भाषामा लेखिएका पाँच कविताकृति र आधुनिक हिन्दी साहित्यका प्रख्यात लेखक धरमवीर भारतीको कृति ‘अनुप्रिया’लाई ओडिया भाषामा अनुवाद गरिएको एक गरेर उनको नाममा छ कृति प्रकाशित छन् । उनी छोटा फिल्म र फिचरहरूका लागि पटकथा, स्क्रिप्ट र संवादसमेत लेख्छन् ।

हाल उनी हैदराबादस्थित भारतीय प्रविधि प्रतिष्ठानमा पोस्ट डक्टरल फेलोका रूपमा कार्यरत छन् ।

प्रस्तुत कविता मूल हिन्दीबाट दिनेश पौडेलले नेपालीबाट अनुवाद गरेका हुन् । एसओएस बालग्रामका पूर्वशिक्षक पौडेल उपन्यासकार र कुशल कृतिसम्पादक हुन् । उनले हालै “कुशल अभिभावक : सफल छोराछोरी” नामको अभिभावक शिक्षासम्बन्धी कृति बजारमा ल्याएका छन् ।)

Tags: #साहित्यकवितादिनेश पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’
कला साहित्य

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना...

सिक्किमे कविलाई ‘मेरो कविता’ सिजन – १ को ट्रफी
कला साहित्य

सिक्किमे कविलाई ‘मेरो कविता’ सिजन – १ को ट्रफी

by टाकुरा न्यूज । इटहरी
चैत्र २०, २०८२
0

इटहरी : सिक्किमका कवि सोनाम पाल्जोर तामाङले ‘मेरो कविता : द रिदम अफ पोएट्री’ सिजन– १, को ट्रफी हात पार्न...

‘मेरो कविता : द रिदम अफ पोएट्री’मा चार प्रतिस्पर्धी कविहरू छनोट

‘मेरो कविता : द रिदम अफ पोएट्री’मा चार प्रतिस्पर्धी कविहरू छनोट

चैत्र ११, २०८२
भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’

भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’

फाल्गुन २९, २०८२
विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय, संस्थागत विकासमा जोड

विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय, संस्थागत विकासमा जोड

फाल्गुन १२, २०८२
लाफा दाइको २८ वर्षे आर्ट यात्रा …

लाफा दाइको २८ वर्षे आर्ट यात्रा …

फाल्गुन ४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1312 shares
    Share 525 Tweet 328
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.