धरान : बुढासुब्बा गोल्डकपको २३ औँ संस्करण यही फागुन १३ गतेदेखि हुने भएको छ ।
धरान फुटबल क्लबले आज (आइतबार) पत्रकार सम्मेलन गर्दै फागुन १३ गतेदेखि २० गतेसम्म प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।
क्लबका अध्यक्ष किशोर राईका अनुसार प्रतियोगितामा ८ वटा क्लबहरू सहभागी हुनेछन् ।
केबिपिएस बंगलादेश, एभेनियर एफसी क्यामरुन, युके एफसी भारत, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब सहभागी हुने राईले बताए ।
प्रतियोगितामा १ करोड ९ लाख ५० हजार आय हुने अनुमान गरिएको छ । जसमध्ये ८५ लाख ५ हजार खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । साथै, उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइनेछ ।
प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने बताइएको छ ।














Discussion about this post