Wednesday, July 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
in FEATURE BREAKING, समाचार
0
सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश
49
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले नागरिक समाजको अगुवाइमा बुधबार इटहरीमा सद्भाव र्‍याली निकालिएको छ।

इटहरीको मुख्य चोकबाट सुरु भएको र्‍यालीमा विभिन्न भाषा, जाति, धर्म तथा समुदायका नागरिक, बुद्धिजीवी, सामाजिक अभियन्ता, व्यवसायी, युवा र महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले हातमा शान्ति र सद्भावका सन्देश लेखिएका प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए।

र्‍यालीका क्रममा सहभागीहरूले ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’, ‘हिंसा होइन, शान्ति चाहिन्छ’, ‘सद्भाव कायम गरौं’, ‘जातीय र धार्मिक सद्भाव जोगाऔं’ लगायतका सन्देश प्रवाह गरेका थिए।

उनीहरूले कुनै पनि घटनालाई जातीय वा धार्मिक द्वन्द्वमा रूपान्तरण गर्न नहुने भन्दै सामाजिक एकता कायम राख्न सबैलाई आग्रह गरेका थिए।

र्‍यालीमा सहभागी नागरिक समाजका अगुवाहरूले सुनसरीको घटनाले समाजमा अविश्वास र विभाजन बढ्न नदिन सबै पक्ष संयमित हुनुपर्ने धारणा राखे।

उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने, तर त्यसको नाममा समुदाय–समुदायबीच वैमनस्य फैलाउने गतिविधि स्वीकार्य नहुने बताए।

उनीहरूले सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सूचना, भ्रामक प्रचार तथा उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहन पनि आग्रह गरे। सत्यतथ्य पुष्टि नभएका सामग्रीले समाजमा थप तनाव सिर्जना गर्ने भएकाले जिम्मेवार व्यवहार गर्नुपर्ने उनीहरूको भनाइ थियो।

सुनसरीको देवानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको थियो।

घटनापछि विभिन्न स्थानमा प्रदर्शन, आगजनी तथा तोडफोडका घटना भएका थिए भने प्रशासनले कर्फ्यु र निषेधाज्ञा लागू गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई परिचालन गरेको थियो।

यही पृष्ठभूमिमा इटहरीमा आयोजित सद्भाव र्‍यालीमा सहभागीहरूले हिंसाको अन्त्य, संवादको संस्कृति र सामाजिक सद्भावलाई सुदृढ बनाउन सबै नागरिकले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

Tags: #इटहरी#नागरिक समाज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै
FEATURE BREAKING

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक घटनापछि तनावग्रस्त बनेको क्षेत्रलाई वार्ता र संवादमार्फत सामान्य अवस्थामा फर्काउने प्रयास...

आज गुरू पूर्णिमा
विविध

श्रद्धा र सम्मानका साथ आज गुरु पूर्णिमा मनाइँदै

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

आज देशभर गुरु पूर्णिमा पर्व श्रद्धा, सम्मान र विविध कार्यक्रमका साथ मनाइँदैछ। आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज गुरु पूर्णिमाका दिन...

खोटाङको राजापानीमा बाघ आतङ्क

आज विश्व बाघ दिवस : गणना सार्वजनिक गरिदैँ, यसरी सर्वेक्षण गरिएको थियो यस वर्ष

साउन १३, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मोरङमा ट्रकको चक्कामुनि परेर एक जनाको मृत्यु

साउन १३, २०८३
देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

साउन १२, २०८३
सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

साउन १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश

सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश

साउन १३, २०८३
सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

साउन १३, २०८३
आज गुरू पूर्णिमा

श्रद्धा र सम्मानका साथ आज गुरु पूर्णिमा मनाइँदै

साउन १३, २०८३
खोटाङको राजापानीमा बाघ आतङ्क

आज विश्व बाघ दिवस : गणना सार्वजनिक गरिदैँ, यसरी सर्वेक्षण गरिएको थियो यस वर्ष

साउन १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन