विराटनगर : विराटनगर १९ की २८ वर्षीया प्रियंका सुनार हत्याको कारण परपुरुषसँग सम्बन्ध राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार सोमबार मोरङको बूढीगंगा गाउँपालिका २ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव फेला परेको थियो ।
हत्यापछि बोरामा पोको पारी पराल र भुसले छोपिएको अवस्थामा शव भेटिएपछि प्रहरीले श्रीमानसहित चारजनालाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको कार्कीले जानकारी दिए ।
परपुरुषसँग हिमचिम बढाएको र सम्बन्ध राखेको भनेर श्रीमानकै योजनामा प्रियंकाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्कीले बताए ।
उनले हत्यामा संलग्न भएको आशंकामा प्रियंकाका पतिसहित चार जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ५ का ३५ वर्षीय उमेश सरदार, सोही ठाउँका ६२ वर्षीय रामानन्द राम र विराटनगर ७ का ५३ वर्षीय श्रीराम चौधरी र विराटनगर १९ का २९ वर्षीय रमेश साह रहेका छन् ।
प्रहरीका अनुसार प्रियंकाका पति रमेशको विराटनगर १९ मिलनचोकमा सुन पसल छ ।
‘भारत बिहारको खोजुली माइत भएकी प्रियंकासँग रमेशको मागी बिहे भएको रहेछ,’ डीएसपी कार्कीले भने, ‘उनीहरुका ८ वर्षका छोरा र ६ वर्षकी छोरी गरेर दुई जना सन्तान रहेछन् ।’
उनका अनुसार परपुरुषसँग सम्बन्ध राखेको भन्दै रमेशले बारम्बार प्रियंकासँग झगडा पटक–पटक झगडा गर्दै आएका थिए ।
‘विगतदेखिको पारिवारिक झगडा अहिले आएर हत्यामा परिणत भएको पाइयो,’ कार्कीले भने, ‘घरदेखि अर्कै ठाउँमा पु¥याएर महिलालाई मारेछन् ।’
रमेशको आग्रहमा उमेशले आफ्नो गाडीमा राखेर प्रियंकालाई नरसिंहको घरमा पु¥याएको प्रहरीको अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले बताए । रमानन्दसहित पुगेका रमेशले डोरीले घाँटी कसेर पत्नीको हत्या गरेको प्रहारीले जनाएको छ ।
कार्कीका अनुसार रमेशले हत्या गर्नुअघि पत्नीलाई घटनास्थलमा पु¥याउन उमेशको सहयोग लिएको खुलेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
अहिले शव पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएर घटनाको थप अनुसन्धान अगाडि बढाइएको छ ।
यो पनि – मोरङमा एक महिलाको हत्या, बोराभित्र भेटियो शव
यो पनि – विराटनगरकी प्रियंकाको हत्यामा संलग्न चारजना पक्राउ













Discussion about this post