Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङ : परपुरुषसँग सम्बन्ध राखेकाले श्रीमानकै योजनामा हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ९, २०७९
in समाचार
0
मोरङ : परपुरुषसँग सम्बन्ध राखेकाले श्रीमानकै योजनामा हत्या

घटनास्थल ।

357
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर १९ की २८ वर्षीया प्रियंका सुनार हत्याको कारण परपुरुषसँग सम्बन्ध राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार सोमबार मोरङको बूढीगंगा गाउँपालिका २ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव फेला परेको थियो ।

हत्यापछि बोरामा पोको पारी पराल र भुसले छोपिएको अवस्थामा शव भेटिएपछि प्रहरीले श्रीमानसहित चारजनालाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको कार्कीले जानकारी दिए ।

परपुरुषसँग हिमचिम बढाएको र सम्बन्ध राखेको भनेर श्रीमानकै योजनामा प्रियंकाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्कीले बताए ।

उनले हत्यामा संलग्न भएको आशंकामा प्रियंकाका पतिसहित चार जनालाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ५ का ३५ वर्षीय उमेश सरदार, सोही ठाउँका ६२ वर्षीय रामानन्द राम र विराटनगर ७ का ५३ वर्षीय श्रीराम चौधरी र विराटनगर १९ का २९ वर्षीय रमेश साह रहेका छन् ।

प्रहरीका अनुसार प्रियंकाका पति रमेशको विराटनगर १९ मिलनचोकमा सुन पसल छ ।

‘भारत बिहारको खोजुली माइत भएकी प्रियंकासँग रमेशको मागी बिहे भएको रहेछ,’ डीएसपी कार्कीले भने, ‘उनीहरुका ८ वर्षका छोरा र ६ वर्षकी छोरी गरेर दुई जना सन्तान रहेछन् ।’

उनका अनुसार परपुरुषसँग सम्बन्ध राखेको भन्दै रमेशले बारम्बार प्रियंकासँग झगडा पटक–पटक झगडा गर्दै आएका थिए ।

‘विगतदेखिको पारिवारिक झगडा अहिले आएर हत्यामा परिणत भएको पाइयो,’ कार्कीले भने, ‘घरदेखि अर्कै ठाउँमा पु¥याएर महिलालाई मारेछन् ।’

रमेशको आग्रहमा उमेशले आफ्नो गाडीमा राखेर प्रियंकालाई नरसिंहको घरमा पु¥याएको प्रहरीको अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले बताए । रमानन्दसहित पुगेका रमेशले डोरीले घाँटी कसेर पत्नीको हत्या गरेको प्रहारीले जनाएको छ ।

कार्कीका अनुसार रमेशले हत्या गर्नुअघि पत्नीलाई घटनास्थलमा पु¥याउन उमेशको सहयोग लिएको खुलेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

अहिले शव पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएर घटनाको थप अनुसन्धान अगाडि बढाइएको छ ।

यो पनि – मोरङमा एक महिलाको हत्या, बोराभित्र भेटियो शव

यो पनि – विराटनगरकी प्रियंकाको हत्यामा संलग्न चारजना पक्राउ

 

Tags: #मोरङ#हत्याअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.