इटहरी : भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेको छ भने डिजेल तथा पेट्रोलको घटेर आएको छ ।
नेपाल आयल निगमका अनुासर नयाँ मूल्यअनुसार डिजेलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ ।
यस्तै, पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको छ भने हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ ।
अन्य सबै प्रकारका इन्धनको लागत घट्दा खाना पकाउने ग्यासको लागत भने बढेको निगमले जनाएको छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।
लागत मूल्यअनुसार नेपाली बजारमा इन्धनको मूल्य घटाउने वा बढाउने निर्णय भने भएको छैन ।














Discussion about this post