Sunday, July 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विराटनगर जेसीजको आयोजनामा स्वर्ण जयन्ती आयोजना हुँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १८, २०७९
in विविध, समाचार
0
विराटनगर जेसीजको आयोजनामा स्वर्ण जयन्ती आयोजना हुँदै
91
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर जेसीजले ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण जयन्ती जेसीज सप्ताह आयोजना गर्ने भएको छ ।

जेसीजले यहि फागुन २० गते शनिबारदेखि फागुन २७ गते शनिबारसम्म स्वर्ण जयन्ती जेसीज सप्ताह आयोजना गर्न लागेको हो ।

स्वर्ण जयन्ती जेसीज सप्ताहमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सप्ताहको पहिलो दिन ‘स्वास्थका लागि दौड’ नाराका साथ विराटनगर रन हुने छ ।

यसमा प्रथम हुनेले ५ हजार १ सय, दोस्रोले ३ हजार १ सय र तेस्रो हुनेले २ हजार १ सय पुरस्कार पाउने विराटनगर जेसीजका अध्यक्ष अभिनाष थापाले जानकारी दिए ।

दौडमा विना शुल्क सहभागी हुन पाउने र सहभागीलाई टिसर्ट, जुस साथै खाजाको ब्यबस्था गरिएको उनले बताए ।

त्यस्तै दोस्रो दिन बाल माध्यमिक विद्यालयका विद्यार्थीका लागि व्हाइट बोर्ड तथा शैक्षिक सामाग्री प्रदान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

तेस्रो दिन मानव सेवा आश्रममा मायाको भोजन तथा आँखा शिविर आयोजना गरिने साथै चौथो दिन रङ्गिन होली तथा विराटनगर जेसीजको ५० औँ स्थापना दिवस मनाउने कार्यक्रम रहेको उनले बताए ।

त्यस्तै पाचौँ दिन प्रभावकारी कार्यक्रम संचालन सम्बन्धि वर्कसप जेसीज भवनमा आयोजना गरिएको छ । छैठौँ दिन महानगरको सभाहलमा ‘अबको विराटनगर शीर्षकमा छलफल गर्ने कार्यक्रम तय भएको उनले बताए ।

सातौँ दिन होटल मनास्लु इन बरगाछीमा स्वर्ण जयन्ती जेसीज सप्ताह समापन तथा जेसीज सम्मान कार्यक्रम गर्दै सप्ताह सम्पन्न गरिने कार्यक्रम संयोजक तुलसी निरौलाले जानकारी दिए ।

विराटनगर जेसीज ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजना गर्न लागिएको कार्यक्रम जेसीजको मात्र नभएर समग्र विराटनगरबासीको लागि गर्वको कुरा भएको अध्यक्ष थापाले बताए ।

उनले सम्पूर्ण कार्यक्रममा सहभागी हुन विराटनगरबासीलाई अनुरोध समेत गरेका छन् ।

Tags: #जेसीज#विराटनगर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

by रासस
साउन २, २०८३
0

भद्रपुर : झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६०...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1065 shares
    Share 426 Tweet 266
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.