विराटनगर : विराटनगर जेसीजले ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण जयन्ती जेसीज सप्ताह आयोजना गर्ने भएको छ ।
जेसीजले यहि फागुन २० गते शनिबारदेखि फागुन २७ गते शनिबारसम्म स्वर्ण जयन्ती जेसीज सप्ताह आयोजना गर्न लागेको हो ।
स्वर्ण जयन्ती जेसीज सप्ताहमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सप्ताहको पहिलो दिन ‘स्वास्थका लागि दौड’ नाराका साथ विराटनगर रन हुने छ ।
यसमा प्रथम हुनेले ५ हजार १ सय, दोस्रोले ३ हजार १ सय र तेस्रो हुनेले २ हजार १ सय पुरस्कार पाउने विराटनगर जेसीजका अध्यक्ष अभिनाष थापाले जानकारी दिए ।
दौडमा विना शुल्क सहभागी हुन पाउने र सहभागीलाई टिसर्ट, जुस साथै खाजाको ब्यबस्था गरिएको उनले बताए ।
त्यस्तै दोस्रो दिन बाल माध्यमिक विद्यालयका विद्यार्थीका लागि व्हाइट बोर्ड तथा शैक्षिक सामाग्री प्रदान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
तेस्रो दिन मानव सेवा आश्रममा मायाको भोजन तथा आँखा शिविर आयोजना गरिने साथै चौथो दिन रङ्गिन होली तथा विराटनगर जेसीजको ५० औँ स्थापना दिवस मनाउने कार्यक्रम रहेको उनले बताए ।
त्यस्तै पाचौँ दिन प्रभावकारी कार्यक्रम संचालन सम्बन्धि वर्कसप जेसीज भवनमा आयोजना गरिएको छ । छैठौँ दिन महानगरको सभाहलमा ‘अबको विराटनगर शीर्षकमा छलफल गर्ने कार्यक्रम तय भएको उनले बताए ।
सातौँ दिन होटल मनास्लु इन बरगाछीमा स्वर्ण जयन्ती जेसीज सप्ताह समापन तथा जेसीज सम्मान कार्यक्रम गर्दै सप्ताह सम्पन्न गरिने कार्यक्रम संयोजक तुलसी निरौलाले जानकारी दिए ।
विराटनगर जेसीज ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजना गर्न लागिएको कार्यक्रम जेसीजको मात्र नभएर समग्र विराटनगरबासीको लागि गर्वको कुरा भएको अध्यक्ष थापाले बताए ।
उनले सम्पूर्ण कार्यक्रममा सहभागी हुन विराटनगरबासीलाई अनुरोध समेत गरेका छन् ।
Discussion about this post