Saturday, October 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

दिवंगत तेह्र बालबालिकाको स्मरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ३०, २०७९
in समाचार
0
दिवंगत तेह्र बालबालिकाको स्मरण
170
SHARES
Share on FacebookShare on Twitter

रामधुनी : रामधुनी नगरपालिका ६ मा रहेको श्री तेह्र बालबालिका स्मृति आधारभूत विद्यालयले आफ्नो स्थापनाको १५ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

सोमबार एक कार्यक्रमबीच विद्यालयले अभिभावक दिवससँगै पुरस्कार वितरण पनि गरेको छ । कार्यक्रममा आमन्त्रितहरूले दिवंगत तेह्र बालबालिकाको स्मरण गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक सुनील तिम्सिनाका अनुसार कक्षा ८ सम्म निःशुल्क रूपमा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन हुँदै आएको छ ।

उनका अनुसार २०६३ बैशाख २६ गते विद्यार्थी लिएर झुम्कातर्फ जाँदै गरेको टेम्पो दुर्घटना हुँदा १३ बालबालिकाको निधन भएको थियो ।

उनै बालबालिकाको स्मरणमा स्थापना भएको विद्यालयले हाल विभिन्न क्षेत्रबाट पढ्न आउने बालबालिकालाई निःशुल्क रूपमा पढाउँदै आएको छ ।

‘हामी शिक्षक र कर्मचारी गरेर १९ जना छौँ,’ तिम्सिनाले भने, ‘जसमध्ये सातजनालाई सरकारी स्तरबाट तलव प्रदान गरिदैँ आएको छ भने बाँकी १२ जनालाई निजी स्तरबाट तलव दिदैँ आएका छौँ ।’ उनका अनुसार हरेक महिना तलवका लागि दुई लाख १९ हजार रुपैयाँ स्रोत जुटाउनुपर्ने बाध्यता रहेको छ ।

रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरूले आँफूभित्र भएको क्षमता प्रस्तुत गरेका थिए ।

नृत्य, फेसन शो, गायन तथा विभिन्न सृजनशील कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा भादगाउँ विद्यालयका प्रधानाध्यापक दशरथ दास, आदर्श माविका प्रधानाध्यापक रवीन्द्र पौडेल लगायतले बोलेका थिए । तेह्र बालबालिका भन्ने बित्तिकै विगतको झझल्को आउने उनीहरूको भनाइ थियो ।

नगरले सुविधा उपलब्ध गराए सरकारी विद्यालयमै निजीको भन्दा गुणस्तरीय शिक्षा पाइने उनीहरूको भनाइ छ ।

‘कुनै पनि निजी विद्यालय हाम्रो हुँदैन, तर सबै सामुदायिक विद्यालय हाम्रा हुन्,’ आदर्श माविका प्रधानाध्यापक पौडेलले भने, ‘राज्यको लगानी खेर जान नदिनका लागि हामी सधैँ विद्यार्थीको शिक्षामा कमी हुन नदिन खटिरहेका छौँ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बहादुर रायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Tags: तेह्र बालबालिका स्मृति आधारभूत विद्यालयशिक्षासुनिल तिम्सिना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
समाचार

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको...

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती
विविध

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच...

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३
उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    364 shares
    Share 146 Tweet 91
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.