Monday, September 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अत्यधिक मापसेपछि जिस्कने क्रममा तरहराका राजनको हत्या, फागुनमा युकेबाट आएका थिए (बिस्तृत विवरणसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
अत्यधिक मापसेपछि जिस्कने क्रममा तरहराका राजनको हत्या, फागुनमा युकेबाट आएका थिए (बिस्तृत विवरणसहित)

तस्विर क्याप्सन : घटनास्थलमा मुचुल्का उठाउँदै प्रहरी ।

10k
SHARES
Share on FacebookShare on Twitter

तरहरा :  इटहरी २० तरहराका २८ बर्षीय राजन राईको गएराती हत्या भयो । सामान्य बिषयमा झडप हुँदा उनको हत्या भयो ।
अत्यधिक मादक पदार्थ सेवन गरेका राई र स्थानीय केही युवाहरुबीच झडप हुँदा उनको छुरा प्रहार गरी हत्या भएको प्रहरीको निश्कर्ष छ ।

घटनास्थलमा प्रहरीले मुचुल्का उठाइसकेको छ । ईलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर मानप्रसाद श्रेष्ठका अनुसार राजन राईकै घरमा तीनजना बसेर मादक पदार्थ सेवन गरेका थिए ।

मादक पदार्थ सेवन गरेपछि तीनजनाको समूह बजारमा निस्किएको र तरहराकै खिले भनिने खिलानाथ घिमिरेलाई फोन गरेका थिए । फोनमा एकछिन भेट्ने काम छ भनी कुराकानी भएको थियो ।

घटना भएको ठाउँमा जडान गरिएको सिसिटिभिमा बाँसले हानेको दृश्य देखिन्छ । ६ जनाको समूहबीच झगडा भएको र जसमा छुट्याउँने तीनजना देखिन्छन् । घटनामा संलग्न राजन राई, अनिल दाहाल र लक्ष्मण गुरुङ सँगै बसेर मापसे गरेका थिए । मापसे गरेपछि राजनले घिमिरेलाई फोन गरेपछि उनीहरुबीच भेट भएको थियो ।

तस्विर क्याप्सन : घटनास्थलमा प्रहरी ।

भेटमा अभिषेक पौडेल, अभिषेक केसी र प्रज्वल तामाङ पनि साथमा रहेका थिए । राजनले उनीहरुसँग भेट हुनुभन्दा अगाडि नै म खिलेलाई कुटेजस्तो गर्छु, के गर्दोरहेछ जिस्काउँ न भनेर भनेको खुलेको छ ।

जिस्किदाँ जिस्कदैँ उनीहरुबीच सामान्य इस्युलाई ठूलो भएको र छुरा प्रहार भएको प्रहरीको भनाई छ । छुरा प्रहार हुनुभन्दा अगाडि अनिल, लक्ष्मण र खिलानाथले झडप हुन नदिन छुट्याउने प्रयास गरेपनि राजन माथि इटा प्रहार भएको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्दाजी २० बर्षीय प्रज्वल तामाङले पिछाडिबाट इटाले प्रहार गरेका थिए । पछि राजन भुईँमा लडेपछि छुरीले तीन–चारपटकसम्म प्रहार भएको प्रहरीको निश्कर्ष छ ।

प्रज्वलसँगै अभिषेक पौडेल, अभिषेक केसी र कृष्ण घिमिरेपनि घटनामा संलग्न थिए । उनीहरु अहिले फरार रहेको र खोजी कार्य भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि गम्भीर घाईते भएका राजनको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादैँ गर्दा बाटोमै मृत्यु प्रतिष्ठानले पुष्टि गरेको थियो ।

फागुनमा युकेबाट आएका थिए राजन

गत फागुनमा मात्रै युकेबाट आएका राजनको लकडाउन अवधि सुरु भएको केही हप्तामै युके जाने भिसा थियो ।

तर, लकडाउनका कारण उनी युके फर्कन नपाएपछि यहीँ बस्दै आएका थिए ।

तस्विर क्याप्सन : मृतक राई ।

तरहराका भीम राईका छोरा राजन सहित परिवार नै युकेमा बस्दै अएका थिए । फागुन अन्तिममा युकेबाट एक महिनाको विदामा आएका राजनको हत्यापछि अहिले परिवारजन बिक्षिप्त बनेका छन् ।

पहिल्यैदेखि ग्याङ बसेर खाने गरेको खुल्यो

घटनाका मुख्य नाईके भनिएका प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक केसी पहिल्यैदेखि लागूऔषध प्रयोगमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तरहराको एकता मार्गमा बस्दै आएका उनीहरुले नजिकैको खोलाछेउमा बाँसको फलैँचा बनाएर अगाडि देखि नै बस्ने र लागूऔषध प्रयोग गर्ने गरेको प्रहरीको भनाई छ ।

तस्विर क्याप्सन : बाँसको फलैँचा बनाएर लागूऔषध प्रयोग गर्ने स्थान ।

आइतबार रातीको घटनामा राजनको समूह र प्रज्वलको समूहले सँगै मापसे नगरेपनि सामान्य बिषयमै उनको बिभत्स हत्या भयो । घटनामा संलग्न सबैजना अहिले फरार रहेकाले प्रहरीले खोाजी कार्यलाई तीब्रता दिएको इन्सपेक्टर मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

तस्विर क्याप्सन : लागूऔषध प्रयोगपछि भाग्नका लागि बनाईएको बाँसको पुल ।

यो पनि _ तरहरामा छुरा प्रहारी गरी राजनको हत्या
यो पनि _ तरहरामा ग्याङ फाइट, एकजनाको अवस्था गम्भीर

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
समाचार

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

इटहरी : सुनसरीमा विद्यालय परिसरमा राजनीतिक दलका आन्तरिक गतिविधि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलसहित विद्यालय र स्थानीय तहलाई...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ
समाचार

हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

इटहरी : सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा हावाहुरीले रुखको हाँगा भाँचिँदा लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु–६...

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

अशोज ५, २०८३
तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३
इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

अशोज ५, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

अशोज ५, २०८३
कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

अशोज ५, २०८३
तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    519 shares
    Share 208 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    304 shares
    Share 122 Tweet 76

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.