Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानमा दुर्गा प्रसाईँ, २० लाख भन्दा कम ऋण मिनाहा गरिनुपर्ने माग, चैत २४ गते बन्द गर्ने चेतावनी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १२, २०७९
in समाचार
0
धरानमा दुर्गा प्रसाईँ, २० लाख भन्दा कम ऋण मिनाहा गरिनुपर्ने माग, चैत २४ गते बन्द गर्ने चेतावनी

तस्वीर : लक्ष्मण थापा ।

156
SHARES
Share on FacebookShare on Twitter

धरान : बैँक तथा बित्तीय संस्थाहरूले चर्को ब्याज असुली गरेको भन्दै धरानमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले चेतावनी दिएका छन् ।

धरानमा आयोजित बैँक तथा बित्तीय संस्थाविरुद्धको विरोध सभा कार्यक्रममा उनले सबैलाई यसकाविरुद्ध चैत्र २४ गते बन्द गर्न आग्रह गरे ।

वित्तीय संस्थाहरूमा सबै फटाहा रहेका बताउँदै यसले व्यवसायी तथा सर्वसाधारण सबैलाई चर्को व्याजदरले पिरोलिरहेको उनले बताए । विरोध सभामा बोल्दै प्रसाईँले चैत २४ गतेपछिको अर्को चरणको आन्दोलन चर्काउने चेतावनी दिए । उनले यसलाई अयिभानकै रूपमा लिएर हिँडेको बताउँदै आँफूलाई सबैले विश्वास गर्न आग्रह गरे ।

उनले भने–‘तपाईहरू नआत्तिनुस्, म बिक्ने मान्छे होइन, मलाई सांसद हुनु छैन, मैले सबै कुरा देखेर भोगेर आएको छु, मलाई केही चाहिँदैन, बस मलाई तपाईहरूको मुक्ति चाहियो ।’

प्रसाईले वित्तीय संस्थाकै कारण घर झगडा हुने गरेको बताउँदै २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनपर्ने माग राख्दै भने–‘अहिले एक करोड मान्छे बाहिर छन्, साउदी, कतार, दुबई लगायत अन्य पश्चिमा देशहरूमा नेपालीहरू छन्, यी मध्ये ४० प्रतिशत मान्छे युरोप, अमेरिका, क्यानडा लगायतका देशहरूमा छन्, ती गएका मान्छेहरू फर्किएर नआउने सम्भावना बढेको छ, युवाहरू नै पलायन भएपछि देशलाई धेरै घाटा छ ।’

प्रसाईले राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानको रूपमा आफू लागि परेको बताए ।

विरोध सभामा शम्भु थापाले सम्बोधनका क्रममा बित्तीय संस्थाको चर्को ब्याजदरका कारण आम मानिस विदेशिन बाध्य भएको बताए ।

कार्यक्रममा लघुवित्तबाट पीडित भएका धरान १५ की ईन्द्रमाया श्रेष्ठ र बेलबारी ४ मोरङका गंगाराम विकले बोलेका थिए ।

संघर्ष समिति धरानका संयोजक तथा सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कोसी प्रदेशका अध्यक्ष भीषण शाक्यले आँफूहरूले ठाउँ–ठाउँमा गर्दै आएको सभा नितान्त वित्तीय संस्था र नागरिकको गुनासोमा आधारित रहेको बताए ।

कार्यक्रममा अभियान्ताहरू रमा सिंह, श्रीराम कँडेल, पूर्व सानू, सतिस पोख्रेल, देवेन्द्र कँडेल र धर्मराज खड्का लगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालक एञ्जिला कार्कीले बताइन् ।

Tags: #धरानदुर्गा प्रसाईँविरोध सभा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध
समाचार

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

by माधव पोख्रेल
भदौ २८, २०८३
0

उदयपुर । उदयपुरको कोशी किनारामा रहेका बस्तीहरु सम्भावित बाढीबाट जोखिममा रहेकोले स्थानीइ प्रशासनले सतर्कता अपनाउन स्थानीय बासिन्दाहरुलाई अनुरोध गरेको छ...

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ
समाचार

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

by माधव पोख्रेल
भदौ २८, २०८३
0

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङ डाँडानजिक जमिन धसिएर शुक्रबार राति गएको पहिरोले स्थानीयका तीनवटा घर बगाएको छ ।...

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

भदौ २८, २०८३
‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

भदौ २८, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा पालो आवेदन शून्यमा झार्ने अभियान, बिदामा पनि सेवा

भदौ २८, २०८३
इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

भदौ २८, २०८३
‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

भदौ २८, २०८३

लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    388 shares
    Share 155 Tweet 97
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    346 shares
    Share 138 Tweet 87
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    291 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    260 shares
    Share 104 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.