विराटनगर : विराटनगरमा पार्किङ निषेध गरिएपछि व्यापारीहरूले बजार बन्द गरेका छन् ।
विराटनगर महानगरपालिकाले गरेको पार्किङ निषेध निर्णयको विरोधमा व्यापारीहरूले बजार बन्द गरेर आन्दोलन गरेका हुन् ।
दुई महिना अगाडि विराटनगर महानगरपालिकाले मेन रोडको जलजला चोकदेखि ट्रफिक चौंकसम्म र व्यस्त रहने भित्री सडकमा नो पार्किङको निर्णय गरेको थियो ।
पार्किङका लागि बैकल्पिक व्यवस्था गरेर मुख्य बजारमा नो पार्किङ लागू गरिएको मेयर नागेश कोइरालाले बताए ।
तर, पार्किङ निषेधका कारण व्यापारीहरूले आफ्नो व्यापार घटेको भन्दै सडकमा नै पार्किङ गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।














Discussion about this post