धरान : धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पछिल्लो समय शान्ति सुरक्षामा कमी भएको र विद्यार्थीका विभिन्न सामाग्री चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय धरानका डीएसपीको ध्यानाकर्षण गराइएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले शुक्रबार धरानका डीएसपी नवराज मल्लको ध्यानाकर्षण गराएको हो ।
स्ववियु सभापति नवीन श्रेष्ठका अनुसार क्याम्पसका विद्यार्थीलाई विभिन्न अराजक समूहले धाक, धम्की, डर देखाएर कोठाबाटै मोबाइल, ल्यापटप जस्ता सामान चोरी भएकाले डीएसपीको ध्यानाकर्षण गराइएको हो ।
‘विद्यार्थीका सामान निरन्तर चोरी भएपछि हामीले इलाका प्रहरी कार्यालयमा ध्यानाकर्षण गराएका हौँ,’ श्रेष्ठले भने, ‘खासगरी क्याम्पस क्षेत्रमा प्रहरी बिटको नै आवश्यक छ, हामी यसका लागि पनि सम्बन्धित निकायसँग पहल गरिरहेका छौँ ।’
चोरीका घटना निरन्तर भएकाले आँफूहरू यस विषयमा गम्भीर भएकाले शान्ति सुरक्षा दिनका लागि माग राखिएको उनले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै डीएसपी मल्लले आँफूहरूले शान्ति, सुरक्षाका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिक्रिया दिए ।














Discussion about this post