विराटनगर : कोसी प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिले सभामुख बाबुराम गौतमलाई आइतबार अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमार्फत् उनीहरूले तत्काल पुनः नामकरण गर्नुपर्ने चेतावनी दिएका छन् । साथै पुनः नामकरण नगरे उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
पहिचानसहितको पुनः नामकरण तत्काल नगरिए जीवनमरणको आन्दोलनमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवारी कोसी प्रदेशको पक्षमा मतदान गर्ने सांसद, सभामुख, मुख्यमन्त्री र एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले लिनुपर्ने पत्रमा उल्लेख छ ।
प्रदेश स्थापनाको ५ वर्षपछि ९३ सदस्यीय प्रदेशसभाबाट ८२ सांसदको समर्थनमा गत फागुन १७ गते प्रदेश १ लाई कोसी प्रदेश नामकरण गरिएको हो ।














Discussion about this post