Thursday, April 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी उपमहानगरपालिका : स्थगित भएको तीन सातापछि नगरसभाबाट सातवटा विधेयक पारित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २७, २०७९
in समाचार
0
इटहरी उपमहानगरपालिका : स्थगित भएको तीन सातापछि नगरसभाबाट सातवटा विधेयक पारित
96
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विधेयक पास गर्ने सवालमा एमालेबाट विजयी जनप्रतिनिधि असन्तुष्ट भएर स्थगित भएको इटहरी नगरपालिकाको १२ औं नगरसभा तीन सातापछि सातवटा विधेयक पास गर्दै टुंगिएको छ ।

फागुन २७ गतेदेखि सुरु भएर चैत ३ गतेदेखि अनिश्चितकालीन समयका लागि स्थगित भएको नगरसभा दुई पक्षीय सहमतिका आधारमा सोमबार भएको हो ।

नगरसभाले विनियोजन ऐन संशोधन विधेयक २०७९, इटहरी उपमहानगरपालिकाको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, रात्री बजार सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र बजार अनुगमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ पारित गरेको हो ।

यस्तै, नगर खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, कर्मचारी आचारसंहिता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ छलफल पश्चात पारित गरिएको हो ।

पारित भएका विधेयकमध्ये कर्मचारी आचारसंहिता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ मा एमालेबाट विजयी जनप्रतिनिधिले असन्तुष्टि जनाएका थिए ।

तर, सोमबार बसेको कार्यपालिका बैठकले अघिल्लो पटक असन्तुष्ट जनाएको कुनैपनि कुरालाई विना संसोधन सहज ढंगले पारित भएको मेयर हेमकर्ण पौडेलले बताए ।

अघिल्लो बैठक (चैत ३ गते) मै कर्मचारी सम्बन्धि विधेयको विषयमा इटहरीमा क्रियाशील राजनीतिक दलको नेतृत्वबीच सहमति भएकै आधारमा नगरसभाबाट टुङ्ग्याउने योजना रहेको थियो ।

यद्यपि, नगरसभाका क्रममा एमालेबाट विजयी जनप्रतिनिधि हाजिर गरेर निस्किएपछि मेयर पौडेललले अनिश्चितकालका लागि नगरसभा स्थगित भएको घोषणा गरेको थिए ।

त्यसलगतै उनले सामाजिक सञ्जाल फेसबुकमा पनि नगरसभा स्थगित हुनुका कारण र कर्मचारीलाई व्यवस्थापन गर्ने ऐन पारित गर्ने सवालमा दलहरुबीच सहमति भएको बारेमा प्रष्ट्याएका थिए ।

नगरसभा स्थगित भएको एक सातापछि एमालेबाट निर्वाचित प्रतिनिधिहरूले पत्रकार सम्मेलन गरी मेयर पौडेलले एमालेमाथि लाञ्छना लगाएको आरोप समेत लगाएका थिए ।

तर, लामो रक्साकस्सीपछि दुवै पक्षबाट सहमति भएर विधेयक पास भएको हो ।

Tags: #इटहरी उपमहानगरपालिकानगरसभाहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1362 shares
    Share 545 Tweet 341
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    509 shares
    Share 204 Tweet 127
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.