Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी उपमहानगरपालिका : स्थगित भएको तीन सातापछि नगरसभाबाट सातवटा विधेयक पारित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २७, २०७९
in समाचार
0
इटहरी उपमहानगरपालिका : स्थगित भएको तीन सातापछि नगरसभाबाट सातवटा विधेयक पारित
97
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विधेयक पास गर्ने सवालमा एमालेबाट विजयी जनप्रतिनिधि असन्तुष्ट भएर स्थगित भएको इटहरी नगरपालिकाको १२ औं नगरसभा तीन सातापछि सातवटा विधेयक पास गर्दै टुंगिएको छ ।

फागुन २७ गतेदेखि सुरु भएर चैत ३ गतेदेखि अनिश्चितकालीन समयका लागि स्थगित भएको नगरसभा दुई पक्षीय सहमतिका आधारमा सोमबार भएको हो ।

नगरसभाले विनियोजन ऐन संशोधन विधेयक २०७९, इटहरी उपमहानगरपालिकाको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, रात्री बजार सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र बजार अनुगमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ पारित गरेको हो ।

यस्तै, नगर खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, कर्मचारी आचारसंहिता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ छलफल पश्चात पारित गरिएको हो ।

पारित भएका विधेयकमध्ये कर्मचारी आचारसंहिता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ मा एमालेबाट विजयी जनप्रतिनिधिले असन्तुष्टि जनाएका थिए ।

तर, सोमबार बसेको कार्यपालिका बैठकले अघिल्लो पटक असन्तुष्ट जनाएको कुनैपनि कुरालाई विना संसोधन सहज ढंगले पारित भएको मेयर हेमकर्ण पौडेलले बताए ।

अघिल्लो बैठक (चैत ३ गते) मै कर्मचारी सम्बन्धि विधेयको विषयमा इटहरीमा क्रियाशील राजनीतिक दलको नेतृत्वबीच सहमति भएकै आधारमा नगरसभाबाट टुङ्ग्याउने योजना रहेको थियो ।

यद्यपि, नगरसभाका क्रममा एमालेबाट विजयी जनप्रतिनिधि हाजिर गरेर निस्किएपछि मेयर पौडेललले अनिश्चितकालका लागि नगरसभा स्थगित भएको घोषणा गरेको थिए ।

त्यसलगतै उनले सामाजिक सञ्जाल फेसबुकमा पनि नगरसभा स्थगित हुनुका कारण र कर्मचारीलाई व्यवस्थापन गर्ने ऐन पारित गर्ने सवालमा दलहरुबीच सहमति भएको बारेमा प्रष्ट्याएका थिए ।

नगरसभा स्थगित भएको एक सातापछि एमालेबाट निर्वाचित प्रतिनिधिहरूले पत्रकार सम्मेलन गरी मेयर पौडेलले एमालेमाथि लाञ्छना लगाएको आरोप समेत लगाएका थिए ।

तर, लामो रक्साकस्सीपछि दुवै पक्षबाट सहमति भएर विधेयक पास भएको हो ।

Tags: #इटहरी उपमहानगरपालिकानगरसभाहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    662 shares
    Share 265 Tweet 166
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    508 shares
    Share 203 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.