इटहरी : पूर्वका लोकप्रिय स्वास्थ्यकर्मी कुमारप्रसाद अधिकारीको स्मृति–ग्रन्थ शनिबार (आज) इटहरीमा लोकार्पण गरिएको छ ।
दुर्गादेवी अधिकारीको सभापतित्व तथा प्राध्यापक बद्रीविशाल पोखरेलको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा इटहरीका अग्रज नागरिकहरू लेखनाथ घिमिरे, कृष्णविनोद लम्साल, लेखनाथ घिमिरे, बालकृष्ण कार्की, नवराज ढकाल, गोपाल गुरुङ, रामचन्द्र चौधरी, बालचन्द्र सुब्बा, शालिग्राम कार्कीलगायतको उपस्थिति रहेको थियो ।
अग्रज पत्रकार कृष्णप्रसाद अधिकारीको सङ्कलन, सम्पादनमा प्रकाशित सो स्मृति–ग्रन्थमा पूर्वका चर्चित व्यक्तिहरू ऋृतु आसिक, लेखनाथ घिमिरे, गोपालप्रसाद अधिकारी, बलराम आचार्य, बद्रीविशाल पोखरेल, कृष्णविनोद लम्साल, रमेशकुमार विष्ट, बालकृष्ण कार्की, श्रीप्रसाद पोखरेल, कृष्ण अधिकारी, रामकुमार सुब्बा, झमकबहादुर कार्की, तीर्थ कोइराला, सुवास ढकाल, गोपाल गुरुङ, बालकुमार विरहीलगायत ४८ जनाका स्मृतिहरू समेटिएका छन् ।
यसैगरी, स्वास्थ्यकर्मी अधिकारीको स्मृति दिवसमा उनको आत्मशान्तिका लागि पण्डितद्वय भीमप्रसाद निरौला र रमेश नेपालको मुख्य वाचकत्वमा सप्ताह पुराणसमेत आयोजना गरिएको छ ।














Discussion about this post