सादा पोसाकको प्रहरी हुँ भन्दै ब्यापारीहरुसँग रकम असुली गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।
हरिनगर गाउँपालिका २ मा रहेका केही ब्यापारीहरुलाई बिभिन्न डर त्रास देखाई गैह्र कानूनी रुपमा रकम असुली गरिरहेको भन्ने सूचना प्राप्त भएसंगै मंगलवार दिउँसो प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका ५ का २३ बर्षीय असरार अहमद मियाँलाई पक्राउ गरेको हो ।
प्रहरीको बदनाम गरी स्थानीय ब्यापारीहरुसँग गैह्र कानूनी तवरले रकम असुली गर्ने मियाँको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post