बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीको सचिवालयले पत्रकार सुविन विश्वकर्मालाई भौतिक आक्रमणको धम्की दिएको छ ।
मेयर कार्कीको विषयमा समाचार लेखेको भन्दै कार्कीको सचिवालयमा कार्यरत सुरज क्षेत्री र नेपाल तरुण दल वराहक्षेत्र वडा नम्बर ४ का अध्यक्ष रोहित बस्नेतले साउन ९ गते पत्रकार विश्वकर्माको घरमै गएर ‘घरमै रहेछौ, बाहिर भए हातखुट्टा भाँचिदिन्छु’ भन्दै धम्की दिएका हुन् ।
रामधुनीबाट प्रकाशित अनलाइन पोर्टल हाम्रो शब्द डटकममा ‘अपरिपक्व मेयर जो आलोचना सहँदैनन्’ शीर्षकको लेख लेखेका कारण पत्रकार विश्वकर्मालाई धम्की दिइएको हो ।
समाचारमा चित्त नबुझे उजुरी गर्ने विभिन्न निकाय र प्रक्रिया हुँदाहुँदै धाकधम्की दिइएकाले आँफूमाथि सुरक्षाको खतरा रहेको पत्रकार विश्वकर्माले बताए ।














Discussion about this post