Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भन्ज्याङ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १५, २०८०
in भिजिट नेपाल, विविध, समाचार
0
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भन्ज्याङ

भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङ । तस्बिर : रासस

120
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भन्ज्याङ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

उक्त भन्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिका तथा खोटाङको खोटेहाङ गाउँपालिकासँगै केन्द्र र प्रदेश सरकारले आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको टेम्केमैयुङ–९ लेखर्क निवासी राजकुमार विश्वकर्माले बताउनुभयो । मौसम खुलेको समयमा दैनिक पाँच÷सात समूहमा पर्यटक आउने गरेको उहाँको भनाइ थियो ।

“कपासे भन्ज्याङ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ”, विश्वकर्माले भन्नुभयो, “यहाँ घुम्न भोजपुर, खोटाङ तथा अन्य जिल्लाबाट पनि मानिस आउने गरेका छन् । यसलाई अझ प्रचारप्रसार गर्नसके पर्यटकको सङ्ख्या अझ बढ्ने थियो ।”

पर्यटकको सहज आवागमनका लागि टेम्केमैयुङ गाउँपालिकामा पर्ने मुन्दुम पदमार्गलाई कपासे भन्ज्याङसम्म विस्तार गर्ने लक्ष्य रहेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताउनुभयो ।

हरियाली चौर तथा विभिन्न हिमशृङ्खलासँगै तराईका सुन्दरफाँट हेर्न सकिने भएकाले जो कोही पनि  यो ठाउँमा पुग्न रुचाउने गरेको उहाँको भनाइ थियो । प्राकृतिक दृष्टिले निकै सुन्दर रहेको यो ठाउँको प्रचारप्रसारसँगै आवश्यक विकास गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको प्रशासकीय अधिकृत न्यौपानेले उल्लेख गर्नुभयो ।  “यो धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ हो”, उहाँले भन्नुभयो, “यसको विकासका लागि गाउँपालिकाले आवश्यक भूमिका निर्वाह गरिरहेको छ । प्राकृतिकरुपमा निकै सुन्दर ठाउँ भएकाले यसको विकास गरेर आर्थिक पक्षसँग जोड्ने गाउँपालिकाको लक्ष्य छ ।”

यहाँको विकासका लागि टेम्केमैयुङ गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा यहाँ खानेपानीको लागि रु आठ लाख र सुम्निमा पारुहाङको मूर्ति स्थापनाका लागि रु १० लाख लगानी गरेको जनाएको छ । मूर्ति संरक्षणका लागि घेराबार तथा द्वार निर्माण र पैदलमार्ग निर्माणका लागि टेम्केमैयुङ–९ लेखर्कले रु चार लाख लगानी गरेको वडा कार्यालयले जनाएको छ ।

यो आर्थिक वर्षमा पनि थप काम गर्न वडाले रु एक लाख बजेट विनियोजन गरेको छ भने विद्युत् विस्तारका लागि गाउँपालिकाले काम गरेको सेल्मे, कपासे हलहले पर्यटन संरक्षण समिति भोजपुरका सहसंयोजक बविन्द्र राईले जानकारी दिनुभयो ।

कपासे भन्ज्याङको बृहत्तर विकासका लागि रु नौ करोड २२ लाख बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम भइरहेको खोटेहाङ गाउँपालिका–२ का वडाध्यक्ष पारस राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँको विकासका लागि उक्त गाउँपालिकाले राष्ट्रिय विभूति स्मारक पार्क निर्माणमा रु २५ लाख  र वडा  कार्यालयले रु चार लाख लगानी गरेको छ ।

त्यस्तै केन्द्र सरकारले रु २० लाखको लगानीमा पर्यटन पार्क निर्माण गरिदिएको वडाध्यक्ष राईले बताउनुभयो । वडा कार्यालयले विभिन्न आर्थिक वर्षमा यहाँ रहेको तीन कन्या पोखरी निर्माणमा रु आठ लाख र गुम्बा निर्माणमा रु चार लाख गरी कूल बाह्र लाख लगानी गरेको थियो ।

यो ठाउँको विकास भएपछि  विसं २०७४ देखि ११ घर परिवारले बसोबाससमेत गर्न थालेका छन् । प्रदेश सरकारले रु २० लाख लगानी गरेर बजार व्यवस्थापनका लागि चार वटा ट्रस्ट निर्माण गरिदिएको छ ।

त्यस्तै कोशी प्रदेश सरकारको रु २० लाख सहयोगमा सेल्मे–कपासे सडक निर्माण गरिएको छ ।

कृषि ज्ञानकेन्द्रले रु १५ लाखको  लागतमा आलु भण्डारण केन्द्र निर्माण गरिदिएको छ भने भोजपुर र खोटाङबासीको सक्रियतामा चिया खेतीसमेत विस्तार गरिएको छ ।

कपासे भन्ज्याङलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ काम भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गलेले बताउनुभयो । दुई जिल्लाको सङ्गमस्थल रहेकाले खोटाङको खोटेहाङ गाउँपालिकासँगको सहकार्यमा आवश्यक संरचना निर्माण भइरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिनुभयो ।

“कपासे भन्ज्याङको बृहत्तर विकासमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “हामीले यहाँको विकासका लागि आवश्यक काम गरेपछि आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कपासे क्षेत्रलाई एक स्थापित पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।”

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थानमा आन्तरिक पर्यटकको आवागमनले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुगेको वडा नं २ का पवन राईले बताउनुभयो । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यहाँ आवश्यक संरचना निर्माणले पर्यटकको आवागमन बढेको उहाँको भनाइ थियो ।

“पर्यटक लक्षित आवश्यक संरचना बनेपछि यस क्षेत्रको विकासमा धेरै टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “दुई जिल्लाका स्थानीय सरकारले यहाँको विकासका लागि काम गरिरहेका छन् । घुम्नका लागि आउने मानिसको सङ्ख्या बढेको छ । यसले यहाँको कृषि उत्पादनको बजारीकरणमा पनि केही टेवा पुगेको छ । यो क्षेत्रको विकासले हामीमा उत्साह थपिएको छ ।” 

Tags: #पर्यटन#भिजिट नेपाल#भोजपुर#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

खोटाङ : खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र...

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति
समाचार

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

विराटनगर : नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि शनिबार अस्पताल परिसर तनावग्रस्त बनेको छ। मोरङको कानेपोखरी...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1537 shares
    Share 615 Tweet 384
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    604 shares
    Share 242 Tweet 151
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.