इटहरी : सुनसरीस्थित सप्तकोसी नदीमा पानीको बहाव उच्च मापन भएको छ ।
बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डीएसपी राजकुमार राईले जानकारी दिए ।
आज बिहान ४ बजे पानीको बहाव ४ लाख ६२ हजार क्यूसेक मापन गरिएको छ । सप्तकोसीमा आज बिहान ४ बजे ४ लाख ६२ हजार क्यूसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ ।














Discussion about this post