Monday, June 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

६ लेन सडक : सात वर्षअघि भत्काएको ‘स्ल्याब’ अझै बनेन, ज्यानै जाने जोखिम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८०
in टाकुरा विशेष, समाचार
0
६ लेन सडक : सात वर्षअघि भत्काएको ‘स्ल्याब’ अझै बनेन, ज्यानै जाने जोखिम
136
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटर ६ लेन सडकको निर्माणमा चरम लापरबाही भएको पाइएको छ ।

६ लेन सडक निर्माणको क्रममा पटकपटक विवादसमेत हुँदै आएको छ । कतै गुणस्तरीय काम नभएको, कतै काम थालेपनि अलपत्र पारेको, कतै लामो समयसम्म ठेकदार कम्पनी गैरजिम्मेवार बनेको, सडक निर्माण थालेर काम सम्पन्न नगर्दा स्थानीयबासीले राखेको समस्याबारे सडक आयोजना बेखबरजस्तै बनेकोजस्ता समस्या ६ लेन आयोजनाले खेप्दै आएको छ ।

यसैबीच इटहरी उपमहानगरपालिका वडा नं. १ मा शुभप्रभात टोल विकास समितिमा पर्ने ‘स्ल्याब’ भत्काएको सात वर्ष बितेपनि अझै नबन्दा स्थानीयबासी आजित बनेका छन् । ६ लेन परियोजनाले सडक निर्माणका क्रममा भत्काएको सात वर्ष बितेपनि अझैसम्म ‘स्ल्याब’ निर्माण नहुँदा दुर्घटनाको समेत जोखिम बढेको स्थानीयबासी बताउँछन् ।

स्थानीय सीता नेपालले अरु ठाउँमा सडकसहित ‘स्ल्याब’ बनेपनि यही ठाउँमात्र बनाउन बाँकी रहेको बताइन् ।

‘हामीले पटकपटक जानकारी गराएपनि कहिले पैसा पुगेन, कहिले गिटी, बालुवा झरेन, कहिले कताकता फोन गर्दै पन्छिने गरेका छन्,’ उनले भनिन्, ‘मानव बस्तीमा जाने स्ल्याब नबन्दा फड्के लगाइएको छ, फड्केबाट कयन पटक दुर्घटनासमेत भयो ।’

स्थानीय बासिन्दाले घर, समाजबाट ‘हाइवे’ सडकसम्म आइपुग्नका लागि ‘फड्के’ लगाएका छन् । तर, ‘फड्के’बाट पटकपटक दुर्घटना भइसकेपनि सम्बन्धित निकाय मूकदर्शक बनेको उनको भनाइ छ ।

‘केही दिनअघि मात्रै यहीँको एकजना दिदी फड्केबाट लडेर नालीमा खस्नुभयो, गहिरो नालीमा परेका कारण घाइतेसमेत हुनुभयो, धन्न ज्यानै गएन,’ उनले भनिन्, ‘एक महिनाअघितिर साँझको समयमा पानी परिरहेको थियो । एकजना साइकलबाट आउँदै गरेका भाइपनि लड्नुभयो, उहाँलाई पनि धन्न प्रहरीको सहयोगमा उद्वार गरियो ।’

मान्छे लडेर थप जोखिम बढेको विषयमा पनि पटकपटक ६ लेन आयोजनालाई जानकारी गराइएपनि निर्माणमा चासो नदिएको उनले बताइन् ।

‘यति स्ल्याब बन्नका निम्ति मान्छेको ज्यानै जानुपर्नेजस्तो देखियो,’ नेपालको दुःखेसो छ, ‘यहाँ मान्छे लड्दा केही नहुने रहेछ, स्ल्याब बन्नका निम्ति मान्छे नै मर्नुपर्नेरहेछ ।’

स्थानीय चिन्तामणी सापकोटाले १६ फुटे बाटोमा घर हुनेहरू घुमेर अर्कै बाटोबाट आउनुपर्ने बताए । ‘आफ्नो घर आउनका निम्ति अरुतिरैबाट घुमेर आउनुपर्छ । एक, दुई महिना होइन, सात वर्ष बितिसक्यो,’ उनले भने, ‘सडक विभाग र ठेकदार कम्पनीको चरम लापरबाहीका कारण माछेको ज्यानै जाने जोखिम भइसक्यो ।’

उनले स्कूले बालबालिका, वृद्ववृद्वा, कार्यालय जाने मानिसहरूसहित स्थानीय सर्वसाधारणसमेत स्ल्याब नबन्दा आजित बनेको सुनाए ।

इटहरीको हलगडा चोकमा रहेको प्रहरी बिटबाट आउने पहिलो बाटोको स्ल्याब नबन्दा तीन दर्जन बढी घरपरिवार समस्यामा रहेको उनको भनाइ छ । आँफूहरूले पटकपटक सम्बन्धित निकायसहित स्थानीय जनप्रतिनिधिहरूलाई जानकारी गराएपनि बेवास्ता गरेको सापकोटाको गुनासो छ ।

‘यतिखेरसम्म यो बाटो पिँच भइसक्थ्यो, हामीले विभिन्न ठाउँमा बजेट माग्दा पहिला स्ल्याब बनाएर आउनु भन्ने गरेका छन्,’ सापकोटा भन्छन्, ‘पहिले स्थानीयकै सहयोगमा बनेको स्ल्याब ६ लेन सडक निर्माण गर्ने क्रममा भत्काइयो, अहिले लथालिङ्ग छ ।’

उनै सापकोटासहितको टोलीले ६ लेन सडक आयोजनामा ‘डेलिगेसन’ समेत गएको छ । सापकोटासहित बालकृष्ण विष्ट, रोशन अधिकारी, विशुधन राईसहितको टोलीले आयोजनामा चाँडै ‘स्ल्याब’ निर्माण गर्न निवेदन दिएको छ ।

आयोजनाले भने कान्छाराम कन्ट्रक्सनक्शनले ठेक्का लिएको तर काम नसकेको जानकारी गरायो । निवेदन बुझ्दै आयोजनाले १५ दिनभित्र काम सुरु गर्न निर्देशन दिएपनि ठेकदार कम्पनी कान्छाराम कन्ट्रक्शन भने निर्माणको कामदेखि पन्छिदैँ आएको छ ।

६ लेन सडकमै पर्ने हाइवेमै गिटी, बालुवा थुपार्ने तर काम नगर्दा सवारीसाधन आवतजावतमा समेत समस्या हुँदै आएको स्थानीयबासीको गुनासो छ । उता, ठेकदार कम्पनीसँग यस विषयमा बुझ्दा सम्पर्क हुनसकेन ।

Tags: #६ लेन सडकजोखिमटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङ कारागार : एक सातामा दुई कैदीबन्दीको मृत्यु
समाचार

सजाय पूरा नहुँदै कारागारभित्रै टुंगियो ७० वर्षीय कैदीको जीवन

by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
0

विराटनगर : जिल्ला कारागार मोरङमा १६ वर्षको कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीको सजाय अवधि सकिन अझै करिब आठ...

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश
FEATURE BREAKING

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
0

इटहरी : इटहरीस्थित सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा आइतबार आयोजित साहित्यिक कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक कविता वाचन गरेका छन्...

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

असार ७, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

इटहरीबाट ब्राउनसुगरसहित सासू–बुहारी पक्राउ

असार ७, २०८३
महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

असार ७, २०८३
शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

असार ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङ कारागार : एक सातामा दुई कैदीबन्दीको मृत्यु

सजाय पूरा नहुँदै कारागारभित्रै टुंगियो ७० वर्षीय कैदीको जीवन

असार ७, २०८३
इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

असार ७, २०८३
छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

असार ७, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

इटहरीबाट ब्राउनसुगरसहित सासू–बुहारी पक्राउ

असार ७, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    353 shares
    Share 141 Tweet 88
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    351 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.