Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

अनुसा थापा by अनुसा थापा
भदौ १, २०८३
in FEATURE BREAKING, पर्यावरण, विचार, समाचार
0
वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
49
SHARES
Share on FacebookShare on Twitter

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी, काँडाघारी, पेप्सीकोला, बुद्धनगर, बबरमहल, बत्तिसपुतली एरियामा २०५०–५१ सालमा बाँदर लाग्थ्यो । दिँउसै बाँदर देखिन्थ्यो ।

बुढानीलकण्ठको नारायणथान, कपन, थानकोट, गोदावरी, ललितपुरको भैंसेपाटी, थली, डाँचीमा बाघले मान्छे, घरपालुवा पशु खाएको खबर १०–१५ वर्ष अघिसम्म सार्वजनिक हुन्थ्यो । भक्तपुरको गुण्डु, शिवटोल, कटुञ्जे, राधेराधे, सिर्जनानगर, बालकोट, विरुवा, नलिञ्चोक एरियामा २०६७–६८ सालसम्म घरमै बाघ आउँथ्यो भन्नेहरू अहिले पनि भेटिन्छन् ।

बाघले बच्चा मारेको घटनाहरू पनि छ । २०५५ सालमा काठमाडौं उपत्यकामा खुला ठाउँ थियो । अहिलेजस्तो घना बस्ती बसिसकेको थिएन । बाघ, बाँदरलगायत जीवजन्तु जंगलमै बस्थे । त्यहाँ जे पाउँछ, त्यहाँ खान्थे । बस्तीमा खासै पस्दैनथें । वनजंगल मासिँदै गएपछि जीवजन्तु बस्तीमा छिर्न थालेका छन् ।

बाँदर आतंकको विषयमा बारम्बार सदनमा आवाज उठिसकेको छ । सत्तापक्ष र विपक्षकै सांसदले यो कुरा उठाएका छन् । बाँदरले खेतीबाली सखाप पारिदिँदा कृषक मर्कामा परेका छन् । गाउँतिर अहिलेपनि स्याल, बँदेल, बाघ आतंक छ । दिँउसै घरमा आएर खसी, बोका, कुखुरा मारिदिन्छन् । भूमाफियाले खेतीयोग्य जमिन भटाभट प्लानिङ गर्दै बेचे ।

७४ जिल्लाका नागरिकले काठमाडौंमा घर बनाएर छन् । घर बनाउन नसक्ने डेरामा बसेका छन् । यहाँको वनजंगल मासिएपछि बाँघ, बाँदर, बँदेल, स्याल लगायतका जीवजन्तु गाउँ पसेका छन् । बाँच्नका लागि ती जीवजन्तु गाउँ गएका हुन् । जसका कारण गाउँमा व्यापक बाँदरको संख्या बढेको छ ।

गाउँमा मान्छेको भन्दा बाँदरको संख्या बढी छ । अनि बाँदरले आतंक मच्चाउँदैन ? गाउँ रित्तिदै गएको छ । अलिअलि बस्ती छ । तिनले खेतीपाती गरेको ठाउँमा बाँदर लागिहाल्छ । काठमाडौंको स्वयम्भुमा बाँदरले दुःख दिएको भन्दै नियन्त्रणका लागि वडाध्यक्षमार्फत महानगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ ।

जबकि, बाँदरको बस्ने स्थल नै स्वयम्भु हो । पहिले स्वयम्भुमा कति बाँदर हुन्थ्यो । बाँदरहरु त्यहीँ खान्थे, खेल्थे । मान्छेले तिनको बासस्थान खोसेका छन् । बाँदरको बासस्थान हो भन्ने थाहा हुँदाहुँदै मानव बस्ती बसाइयो । अनि जीवजन्तु कहाँ जाने ? तिनको चाँहि बाँच्ने अधिकार छैन ?

मानवका कारण जीवजन्तुलाई सबैलाई धेरै क्षति भएको छ । उनीहरूले आफ्नो बासस्थान छोड्नुपरेको छ । तर, मानव प्रजाति आफ्नो मात्र समस्या देख्छन् । बाँदरले दुःख दियो भन्नेले बाँदरलाई कति दुःख दिएका छौं भन्ने सोचेका छन् ? उनीहरूको घर नै जंगल थियो । जंगल मासेर बस्ती बसाइयो ।

उनीहरूको जाने ठाउँ कहाँ छ ? गाउँ बस्यो, आतंक मच्चायो भनेर लखेट्छन् । सहरमा बस्ने स्थिति छैन । उनीहरूसँग मर्नेबाहेक कुनै विकल्प नै छैन । तर, सांसदहरूले यति सामान्य कुरा पनि बुझ्दैनन् । किन गाउँमा बाँदरको संख्या बढ्यो ? कसको कारणले बढ्यो ? बुझ्नुपर्यो नि ।

अनि कराएर मात्र हुन्छ ? समाधान पनि खोज्नुपर्यो । गाउँ रित्तिदै गएको छ । गाउँका एकदमै राम्रो खेत रोपनीको हजारमा पनि बिक्री हुँदैन । यहाँ आनाकै ५० लाखदेखि २० करोडमा खरिद बिक्री भइरहेको छ । राज्यले बाँझो जग्गा सरकारले अतिक्रमण गर्ने निर्णय गरिदिने हो भने यहाँ भाडामा बसिरहेकाहरू फर्किन्छन् ।

उनीहरूले आफ्नो जग्गामा खेतीबाली गर्छन् । एकातिर देश खाद्यान्नमा आत्मनिर्भर हुन्छ भने अर्कोतिर बाँदर नियन्त्रणमा आउँछ । सबैतिर खेतीपाती भएपछि बाँदरले अहिलेजस्तो आतंक नै मच्चाउँदैन । बाँदर आतंकको विषयमा धेरै हल्ला मच्चाउन आवश्यक छैन । सरकार योजनाविहिन भएर बाँदर आतंक सिर्जना भएको हो ।

गाउँ फर्किने अभियान चलाउनेबित्तिकै बाँदर नियन्त्रणमा आउँछ । पशुपतिनाथ, स्वयम्भु जाने पर्यटकहरू बाँदरले झोला खोसेको गुनासो पोख्छन् । भोक लाग्छ, बाँदरले के गरोस् । खान कसैले दिँदैन । चर्ने ठाउँ छैन । अनि कहाँ जाऊन् ती बाँदर ? बाँदरहरू पशुपति, स्वयम्भु, थापाथलीमा हजारौं वर्षदेखि बस्दै आएका छन् ।

मानव प्रजातिले तिनको आवास खोसेका हुन् । बाँदरले त केही गरेका छैनन् । भूमाफियाको मिलीभगतमा पशुपति, स्वयम्भुको जग्गा कब्जा गरे । त्यहाँ घर बनेको छ । न बाँदरको खाने ठाउँ छ न खेल्ने । उनीहरुको जमिन त खोस्यो, अहिले अब नियन्त्रणको कुरा आयो । मारेर भएपनि नियन्त्रण गर्नुपर्ने कुरा उठेको छ ।

वास्तवमै मानव प्रजाति कति स्वार्थी छन् ? भन्ने उदाहरण हो यो । आफ्नो मात्र स्वार्थ हेर्छन् । अरुको पीडा देख्दैनन् । केही वर्षअघि नयाँ बानेश्वरमा बाघ घरभित्र छिर्यो । चिडिया खानाको टोलीले बल्लतल्ल बाघ निकाले । अहिलेपनि काठमाडौंमा घरभित्रै सर्प छिर्छ । जाने ठाउँ छैन, उनीहरु कहाँ जाऊन् ?

तिनलाई पनि त मान्छेलाई केही गर्लान् भन्ने डर होला । तर, जानलाई वनजंगल छैन । जताततै घरैघर छ । मानव प्रजातिले प्रकृति र जीवजन्तुसँग कति अन्याय गरेका छन् ? भन्ने उदाहरण हो राधेराधे । त्यहाँ खोलाको जमिन मिचेर घर बनाइएको छ । त्यसैले हरेक वर्ष खोलाले बस्ती डुबाउँछ ।

बाँदरलाई बाँदर भन्नु बेकार छ किन कि मान्छेचाँहि बाँदर हो । केही देख्नै नहुने । खोलानाला, वनजंगल सबै मासेर सकाएका छन् । अनि हामीलाई बाँदरले दुःख दियो, खोला घरभित्र पस्यो भन्छन् । तिनलाई खोला मिचेर घर बनाऊ भनेर कसले भन्यो । जग्गा खानका लागि बनाएको होइन ?

बाँदरको बासस्थानमा आफ्नो बासस्थान बसाऊ भनेर कसले भनेको थियो । अनि अहिले बाँदरले दुःख दियो भन्ने मिल्छ ? भोट हाल्न मात्र गाऊँ जाने, अरु बेला जाँदै नजाने । चुनाव आउँदा राजनीतिक दलले गाडीका गाडी मतदाता लिएर जान्छन् । अनि फिर्ता ल्याउँछन् ।

गाउँ खाली छ भन्ने नेतालाई थाहा छ । तर, गाउँमा स्थापित गरौं भन्दैनन् । जीवजन्तुको पनि बाँच्ने अधिकार छ । कानुनले जीवजन्तु मार्न नपाउने व्यवस्था गरेको छ । त्यसका बाबजूद सांसदहरु सदनमा बाँदर मार्न पाउनुपर्ने कुरा उठाउँछन् । जीवजन्तु मान्छेसरह बोल्न नसक्लान् ।

तर, उनीहरूमा पनि श्वास छ । तिनलाई मार्न मिल्छ ? उनीहरूले सरकारको के खाइदिएका छन् ? आफैंले खोजेर खाएका छन् । उनीहरु नै पीडित छन् । तैपनि उनीहरूलाई नै दोषी बनाइँदैछ । सदनमा उठाउन धेरै विषय छन् । मँहगी, कालोबजारी, सिण्डिकेट र छिमेकीले मिचेको भूभागको विषयमा सांसद सदनमा बोल्दैनन् ।

तर, बाँदरको कुराचाँहि जोडतोडले उठाउँछन् । कारण हो–भ्रष्टाचार । बाँदर नियन्त्रण भनेपछि सरकारले बजेट दिन्छ । त्यो बजेट लगेर भ्रष्टाचार जो गर्न पाइयो । राष्ट्रिय निकुञ्ज, वनजंगलको मूनि घर बनाउन पाइँदैन ।

तर, निकुञ्जकै जग्गा मिचेर घर बनाइएको छ । जनावरहरू चर्ने ठाउँमा बस्ती बसेको छ । त्यसैले ती जीवजन्तु घनाबस्तीमा छिर्न बाध्य छन् ।

Tags: #विचारअनुसा थापापर्यावरण
अनुसा थापा

अनुसा थापा

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

by अनुसा थापा
भदौ १, २०८३
0

झापा : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा...

भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव
विविध

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

by अनुसा थापा
भदौ १, २०८३
0

खोटाङ : जिल्लामा गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु भएको छ । गत असार ४ गते...

कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३
बैंकिङ कसुरमा १७ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा १७ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

साउन ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन