Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायब बनाइएपछि…

डाक्टर र बाबु पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३, २०८०
in समाचार
0
विराटनगरमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायब बनाइएपछि…
1.3k
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायब बनाइएको घटना सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका ९ मा रहेको अस्पतालबाटै बच्चा गायब बनाइएको हो ।

२६ वर्षीया युवतीले सोही अस्पतालमा छोरी जन्माएकी थिइन् । प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । भोलिपल्टै उनले छोरीलाई जन्म दिएकी हुन् ।

प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका ४ घर भएका २७ वर्षीय गोविन्द राई र ती युवती २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर ल्याएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। तपेश्वरलाल कर्णले गर्भवतीको परीक्षण गरेका थिए । लगत्तै युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गराइएको थियो ।

प्रहरीका अनुसार वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी ११ उल्लेख छ ।

ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ । अस्पतालले डिस्चार्ज दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् ।

बच्चाबिनै आफूलाई इटहरी लगेको र त्यहाँ एउटा होटलमा राखेको उनले बताइन् । बच्चा अस्पतालमै छ भनेर उनलाई भनिएको थियो । दुई दिनपछि आफ्नो केही काम छ भन्दै युवक होटलबाट हिँडेका थिए । त्यसपछि फर्के नआएको युवतीले बताएकी छन् ।

होटलमै छाडेर हिँडेका गोविन्द नफर्किएर आफू सुनसरीको सोनापुर आएर बसेको उनको भनाइ छ । गोविन्दले छाडेर गएको खर्च सकिएकाले ८ दिनपछि आफूले होटल छाडेको र सोनापुरमा डेरा लिएर बसेको बताइन् ।

सकुशल छोरी जन्मिएको भनेर नर्सहरूले बताएको तर डिस्चार्ज गर्दा बच्चा नदिएको उनले बताएकी छन् । आँफूले जन्माएको बच्चा साथमा नरहेको भन्दै उनले अस्पतालबाटै गायब बनाइएको बताइन् ।

बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायव बनाएको गुनासो उनको छ । होटलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् ।

उपचारमा संलग्न चिकित्सक र प्रेमीविरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । प्रहरीले अन्दाजी ६८ वर्षीय डा. कर्ण र उनका प्रेमी (बच्चाको बाबु) भनिएका गोविन्दलाई पक्राउ गरेको छ ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण विराटनगरस्थित कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) समेत हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका थिए । उनी ग्रीनक्रस अस्पतालमा पनि काम गर्छन् ।

डीएसपी दाहालका अनुसार दुवै जनालाई शुक्रबार साँझ पक्राउ गरिएको हो । प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा. कर्ण कोसी अस्पतालमा भर्ना भएका छन् । प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ ।

‘प्रारम्भिक सोधपुछका क्रममा उपचारका लागि आउँदा युवतीलाई सुत्केरी ब्यथा लागेको थियो भनेर चिकित्सकले भनेका छन्,’ डीएसपी दाहालले भने, ‘बच्चा जन्मिएपछि बाबुलाई नै जिम्मा लगाएको दाबी गरेका छन् ।’ तर, गोविन्दले भने अस्पतालबाट बच्चा आफूले जिम्मा नलिएको र प्रेमिकालाई लिएर इटहरीतिर गएको बताएको दाहालको भनाइ छ ।

उनका अनुसार बच्चा कहाँ पु¥याइयो भन्ने खुल्न बाँकी छ । उनले भने, ‘जीवितै बच्चा जन्मिएको भन्ने कुरा आएकाले खोजी भइरहेको छ । थप अनुसन्धानपछि वास्तविकता खुल्छ ।’ उनले पक्राउ परेका चिकित्सक र गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने जानकारी दिए ।

Tags: #पक्राउ#विराटनगरगायब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    637 shares
    Share 255 Tweet 159
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    426 shares
    Share 170 Tweet 107
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.