Monday, June 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायब बनाइएपछि…

डाक्टर र बाबु पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३, २०८०
in समाचार
0
विराटनगरमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायब बनाइएपछि…
1.3k
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायब बनाइएको घटना सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका ९ मा रहेको अस्पतालबाटै बच्चा गायब बनाइएको हो ।

२६ वर्षीया युवतीले सोही अस्पतालमा छोरी जन्माएकी थिइन् । प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । भोलिपल्टै उनले छोरीलाई जन्म दिएकी हुन् ।

प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका ४ घर भएका २७ वर्षीय गोविन्द राई र ती युवती २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर ल्याएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। तपेश्वरलाल कर्णले गर्भवतीको परीक्षण गरेका थिए । लगत्तै युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गराइएको थियो ।

प्रहरीका अनुसार वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी ११ उल्लेख छ ।

ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ । अस्पतालले डिस्चार्ज दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् ।

बच्चाबिनै आफूलाई इटहरी लगेको र त्यहाँ एउटा होटलमा राखेको उनले बताइन् । बच्चा अस्पतालमै छ भनेर उनलाई भनिएको थियो । दुई दिनपछि आफ्नो केही काम छ भन्दै युवक होटलबाट हिँडेका थिए । त्यसपछि फर्के नआएको युवतीले बताएकी छन् ।

होटलमै छाडेर हिँडेका गोविन्द नफर्किएर आफू सुनसरीको सोनापुर आएर बसेको उनको भनाइ छ । गोविन्दले छाडेर गएको खर्च सकिएकाले ८ दिनपछि आफूले होटल छाडेको र सोनापुरमा डेरा लिएर बसेको बताइन् ।

सकुशल छोरी जन्मिएको भनेर नर्सहरूले बताएको तर डिस्चार्ज गर्दा बच्चा नदिएको उनले बताएकी छन् । आँफूले जन्माएको बच्चा साथमा नरहेको भन्दै उनले अस्पतालबाटै गायब बनाइएको बताइन् ।

बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायव बनाएको गुनासो उनको छ । होटलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् ।

उपचारमा संलग्न चिकित्सक र प्रेमीविरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । प्रहरीले अन्दाजी ६८ वर्षीय डा. कर्ण र उनका प्रेमी (बच्चाको बाबु) भनिएका गोविन्दलाई पक्राउ गरेको छ ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण विराटनगरस्थित कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) समेत हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका थिए । उनी ग्रीनक्रस अस्पतालमा पनि काम गर्छन् ।

डीएसपी दाहालका अनुसार दुवै जनालाई शुक्रबार साँझ पक्राउ गरिएको हो । प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा. कर्ण कोसी अस्पतालमा भर्ना भएका छन् । प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ ।

‘प्रारम्भिक सोधपुछका क्रममा उपचारका लागि आउँदा युवतीलाई सुत्केरी ब्यथा लागेको थियो भनेर चिकित्सकले भनेका छन्,’ डीएसपी दाहालले भने, ‘बच्चा जन्मिएपछि बाबुलाई नै जिम्मा लगाएको दाबी गरेका छन् ।’ तर, गोविन्दले भने अस्पतालबाट बच्चा आफूले जिम्मा नलिएको र प्रेमिकालाई लिएर इटहरीतिर गएको बताएको दाहालको भनाइ छ ।

उनका अनुसार बच्चा कहाँ पु¥याइयो भन्ने खुल्न बाँकी छ । उनले भने, ‘जीवितै बच्चा जन्मिएको भन्ने कुरा आएकाले खोजी भइरहेको छ । थप अनुसन्धानपछि वास्तविकता खुल्छ ।’ उनले पक्राउ परेका चिकित्सक र गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने जानकारी दिए ।

Tags: #पक्राउ#विराटनगरगायब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो १ः४० बजेतिर अस्थायी...

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग
विविध

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : रोट्याक्ट क्लब अफ इटहरीले सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकलीलाई विपद् व्यवस्थापन तथा उद्धार...

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३
इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ ३१, २०८३
विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

जेष्ठ ३१, २०८३
भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.